भिजिट भिसामा बदमासी-अध्यागमनबाट थप ८ कर्मचारी सरुवा (नामसहित)

काठमाडौं। गृह मन्त्रालयले भिजिट भिसामा शंकास्पद गतिवधि गरेको उजुरी अख्तियार पुगेपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका ९ कर्मचारीको सरुवा गरेको खुलेको छ।

गृहमन्त्री रमेश लेखकले मंगलबार प्रमुख अध्यागमन अधिकृत ९सहसचिव० तिर्थराज भट्टराइसहित अध्यागमनमै कार्यरत तीन नायब सुब्बा, ४ कम्प्युटर अपरेटर र एक सहायक कम्प्युटर अपरेटरको पनि सरुवा गरेका हुन्।

सरुवा हुने तीन नायब सुब्बामध्ये प्रेमप्रसाद पौडेलको जिल्ला प्रशासन कार्यालय काठमाडौँ, वीरभद्र जोशीको जिल्ला प्रशासन कार्यालय काठमाडौँ, तथा नरबहादुर थापाको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ।

त्यस्तै कम्प्युटर अपरेटरहरू उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ, र धनराज उपाध्यायको कारागार व्यवस्थापन विभाग वा अन्तर्गत सरुवा गरिएको सूचीमा उल्लेख छ ।

त्यस्तै सहायक कम्प्युटर अपरेटर कमला श्रेष्ठको पनि कारागार व्यवस्थापन विभाग वा अन्तर्गत नै सरुवा गरिएको छ । सरुवा भएका उनीहरु सबै फरक–फरक सिफ्टमा खटाइएका थिए ।