थाइल्याण्डसँगको मैत्रीपूर्ण खेलका लागि महिला फुटबल टोलीको घोषणा

काठमाडौं। महिला राष्ट्रिय फुटबल टोलीले घोषणा भएको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले थाइल्याण्डविरुद्धका मैत्रीपूर्ण खेलको लागि शुक्रवार टोली घोषणा गरेको हो।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले २३ सदस्यीय टोलीको‌ घोषणा गरेका छन्। नेपालले बैंककमा जेठ १६ र १९ गते दुई खेल खेल्नेछ। सन् २०२६ को एएफसी महिला एसियन कप अष्ट्रेलिया छनोट प्रतियोगिताको तयारीमा मैत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपाल समूह ‘एफ’ मा लाओस, श्रीलङ्का र उज्वेकिस्तानसँग परेको छ।

यस्तो छ नेपाली‌ महिला टोली

गोलरक्षक – अञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ

रक्षक – अमृता जैसी, गीता राना, बिमला बि।के।, पूजा राना, निशा ठोकर, समीक्षा घिमिरे, मनमाया दमाई

मिडफिल्डर – अनिता बस्नेत, बिमला चौधरी, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सबिता राना मगर, सरस्वती हमाल, सुषमा तामाङ

फरवार्ड – सवित्रा भण्डारी ‘साम्बा’, रश्मि कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता के।सी।, रेखा पौडेल