आज मिति २०८२ साल जेठ १० गते शनिबार साढे सातको शनिदोष हटाउन संकटा देवीको दर्शन गरि राशिफल पढ्नुहोस्
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ । केही चुनौतीहरू देखिनेछन् । अप्ठ्यारो परिस्थितिसमेत सामना गर्नुपर्ला । हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नेछ । अध्ययन(अध्यापन क्षेत्रमा प्रगतिको खबर सुन्न पाइनेछ । सानातिना काम र घरेलु समस्यामा नै समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ ।
वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- सामान्य आम्दानी भइरहनेछ । व्यवसायमा फाइदा हुनेछ । यात्रामा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । आर्थिक पक्ष सुदृढ हुनेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारो अवस्था सिर्जना हुन सक्छ । यात्रा सोचेझैं रमाइलो नहुन सक्छ ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- पति पत्नीमा अविश्वास बढ्ने योग छ । व्यावसायिक यात्रा सम्भावना छ । आतिथ्यपूर्ण सम्मान पाइनेछ । प्रेमको बन्धन कसिने बेला छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । दुर्गम स्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । मनोरञ्जनपूर्ण समय छ ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीयता बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ हुने समय छ । कल्पना र भावनामा केन्द्रित हुने सम्भावना छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । नचिनिएको स्थानबाट धनागमनको संकेत छ । शरीर फुर्तिलो महसुस हुनेछ ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- गरिएका काम र व्यापार व्यवसायमा राम्रो फाइदा हुनेछ । अधिकार संरक्षणका लागि जुट्नुपर्नेछ । शोख पूरा गर्न केही खर्च बढ्नेछ । पारिवारिक वातावरण अनुकूल हुने छैन । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ । काममा पनि फाइदाको योग छ । पराक्रम र उत्साह बढ्नेछ ।
कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- मौकाको फाइदा लिन सकिनेछ । शत्रु र रोगबाट छुटकारा मिल्नेछ । मुद्दा मामिलामा विजयी हुने सम्भावना छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । पढाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी हुने योग छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ। धैर्यले काम लिने समय छ ।
तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- बौद्धिक प्रतिस्पर्धामा विजयी हुनेछन् । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्। नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएका काम बन्न सक्छन् । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् ।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- बाध्यतापूर्ण कामको बोझ बढ्न सक्छ । केही विवादमा पनि पर्ने सम्भावना छ, व्यवहारमा सचेत रहनुहोला । परोपकार र धार्मिक क्षेत्रमा लगानी गर्दा राम्रो फल प्राप्त हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसँग सामान्य झगडा पनि हुन सक्छ । सवारी साधन हाँक्दा सचेतता अपनाउनाले चोटपटकबाट जोगिन सकिनेछ।
धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- महत्वाकांक्षी योजना फलीभूत हुनेछन् । काममा मातापिताको सहयोग पाइनेछ । कृषि चौपायाबाट लाभ मिल्नेछ । लामो दूरीको लाभदायी यात्रा गर्ने मौका छ। सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतियोगितामा विजयी हुनेछन् ।
मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- दिन उत्साहपूर्ण रहनेछ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ । काममा पनि फाइदा हुनेछ । तपाईँका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । वरिष्ठ व्यक्तित्व वा पर्यवेक्षकसँग सुमधुर सम्बन्ध रहनेछ ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । पढाइमा प्रगति हुनेछ । आफ्नो प्रतिभाको कदर हुनेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी वा व्यवसायसँग सम्बन्धित ठोस परिणाम देखिनेछ । चुनौती र अप्ठ्यारा हटाउन प्रयास सफल हुनेछ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- स्वास्थ्य प्रतिकूल भएपनि हिम्मतले काम लिन सकिनेछ । परिस्थितिले अप्ठ्यारो सिर्जना गर्न सक्छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । स्वास्थ्यमा समस्या देखा पर्न सक्छ । परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवागमनमा महत्वपूर्ण समयको नाश हुन सक्ने सम्भावना छ।