एकैदिन ४२ सयले सुनको मूल्य बढ्यो, तोलाको कति ?
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य एकैदिन ४ हजार २०० रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला १६ सय रुपैयाँले बढेको सुन शुक्रबार ४२ सयले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यससँगै शुक्रबार सुन प्रतितोला १ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य पनि बढेको छ। चाँदी १५ रुपैयाँले बढेर प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।