सांसद सुमना श्रेष्ठले ठगीमा परेका युवाहरूसँग भेटेको स्वीकारिन्, गरिन यस्ताे खुलासा
काठमाडौं। प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले ठगीमा परेका युवाहरूसँग भेटेको स्वीकार गर्दै आफूमाथि लगाइएका आरोप भने खण्डन गरेकी छिन्। आज जारी गरेको विज्ञप्तिमा उनले निरन्तर जनसेवामा लाग्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन्।
सांसद श्रेष्ठले सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखाइएको घटनाबारे स्पष्टीकरण दिँदै भनिन्,असार ४ गते सामाजिक सञ्जालमा आएको एउटा भिडियोमा ठगीमा परेका केही व्यक्तिलाई मैले पत्र लेखिदिएको र केही व्यक्तिको नाम लिन लगाउने जस्ता कार्य गरेको भन्ने कुरा आएको छ।
उनले आफ्नो सफाइ दिँदै भनिन्,राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार जनताको गुनासो सुन्न निर्धारित समय छुट्याइएको छ। तालिकाअनुसार २०८१ जेष्ठ २६ गते पार्टी कार्यालयमा उपस्थित भएर जनताको गुनासो सुन्ने जिम्मा मेरो थियो भनेकी छन्।
सांसद श्रेष्ठले जनप्रतिनिधि भएपछि जनताको दुःख र गुनासो सुन्नु आफ्नो कर्तव्य भएको उल्लेख गर्दै भनिन्,सोही दिन मेरो कार्यालयमा बसेको छुट्टै बैठकमा ठगीमा परेका युवाहरूले आफ्नो समस्या सुनाए र त्यसैको आधारमा कानुनी उपचारका लागि जान सुझाव दिएकी थिएँ।
उनले स्पष्ट पार्दै भनिन्,व्यक्तिले ठगी गरेको केसलाई अन्यायमा पुर्याउने सुझाव मैले दिएको होइन। असम्बन्धित निकायमा उजुरी गर्दा यो प्रक्रियामा पीडित पुनः पीडित हुन जान्छन् र उनीहरूले पैसा फिर्ता पाउनेतर्फ कुनै पनि प्रगति हुने सम्भावना हुदैन भनेर कानुनी उपचारका लागि सुझाव दिएकाे उल्लेख छ।
सांसद श्रेष्ठले मैले निर्देशन रूपमा सुझाव दिएको सुझावलाई जिम्मेवार ठहराउने किसिमले बनाइएको भिडियो तथा समाचारहरूले आफ्नो चरित्रहत्या गर्न सुनियोजित प्रयास भएको आरोप लगाएकी छन्।
उनले यस्तो गलत सुझाव दिएर पीडितलाई थप पीडा दिने कार्य यदि पार्टी कार्यालयमा भएको छ भने, त्यसबारे छानबिन हुनुपर्ने मागसहित आज पार्टीका कार्यवाहक सभापतिलाई ध्यानाकर्षण गराएको जानकारी समेत गराएकाे उल्लेख गरेकी छन्। यसैसम्बन्धमा पार्टीले तीन सदस्यीय जाँचबुझ समिति पनि बनाइसकेको जानकारी गराएकी छन्।
मानव तस्करी जस्तो जघन्य अपराधसँग राज्य संरचना नै जोडिएको गम्भीर विषयलाई विषयान्तर गर्न, पीडितहरूलाई अप्रत्यक्ष असर पर्ने जस्ता गतिविधि गर्न नहुने उनको भनाइ छ। न्यायमा अड्चन गराउने तथा पीडकहरूलाई जोगाउन गरिने कुनै पनि किसिमका प्रयासप्रति गम्भीर आपत्ति रहेको उनले जनाइन्।