प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दैछ । बैठक प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो २ः०० बजे बस्ने भएको हो ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा र समसामयिक राजनीतिक विषयमा छलफल गर्न यसअघि बुधबार बैठक बस्ने तयारी थियो । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्ड काठमाडौँ बाहिर रहेकोले बैठक आजका लागि सारिएको हो ।

बैठकमा प्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष ‘प्रचण्ड’ लगायत नेताहरु सहभागी हुने छन् ।