डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु
काठमाडौं । डोटीको आदर्श गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । शुक्रवार दिउँसो साढे १ बजेतिर दिपायलबाट आदर्श गाउँपालिका ७ दहकालिकातिर जाँदै गरेको सु प्र प्र ०१००१ ज१३९५ नम्बरको जिप आदर्श गाउँपालिका( १ दोबाजमा दुर्घटनामा परेको हो।
जिप मोडमा अनियन्त्रित भई सडकबाट अन्दाजी २५० मिटर तल खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । घाइतेहरूलाई उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याउने काम भइरहेको छ । दुर्घटनाबारे थप विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।