६१ किलो सुन तस्करी प्रकरणमा फरार अमला रोका पक्राउ
काठमाडौं। सुन तस्करी प्रकरणकी फरार अभियुक्त अमला रोकालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट पक्राउ गरेको छ। एक प्रहरी अधिकृतका अनुसार रोका ६१ किलो सुन तस्करी काण्डमा संलग्न थिइन्।
उनको खोजीका लागि इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिएको थियो। रोका बेल्जियम नागरिक दाबा छिरिङकी श्रीमती हुन्, जो सुन तस्करीमा मुछिएका छन्। काठमाडौंको ठमेलस्थित होटेल भियना उनकै नाममा दर्ता छ।
राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास गरी बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो। उक्त प्रकरणको थप अनुसन्धानका लागि १९ दिनपछि विभागले सीआईबीलाई फाइल हस्तान्तरण गरेको थियो।