दोस्रो संस्करणको एनपिएलका लागि सुदूरपश्चिम रोयल्सद्वारा दीपेन्द्रसहित ६ खेलाडी रिटेन
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का लागि सुदूरपश्चिम रोयल्सले दीपेन्द्रसिंह ऐरीसहित ६ खेलाडीलाई रिटेन गरेको छ। साविक उपविजेता सुदूरपश्चिमले शनिबार रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ।
टोलीले राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान सिंह ऐरीलाई पुनः मार्की खेलाडीको रूपमा रिटेन गरेको छ। यस्तै विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा,इशान पाण्डे र नरेन साउदलाई पनि कायम राखको छ।
अन्य खेलाडीहरू अर्जुन कुमाल,नरेश बुढाथोकी,खडक बहादुर बोहरा,भोजराज भट्ट,अमित श्रेष्ठ र वसन्त खत्रीलाई भने रिलिज गरेको छ।
पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्टस् सँग पराजित भएको थियो।