एसीसी यु-१६ कप: नेपालको पहिलो खेल भोलि

काठमाडौं। मलेसियामा एसिसी मेन्स यु-१६ इस्ट जोन कप सुरु हुँदैछ। एसियाली क्रिकेट परिषद्(एसिसी) को बार्षिक कार्यतालिका अनुसार प्रतियोगिता हुन लागेको हो। नेपाल र सिगांपुरबीचको खेल मलेसियाको युकेएम ओभरलमा नेपाली समय अनुसार बिहान ७ः४५ बजे सुरु हुनेछ।

नेपाल क्रिकेट संघ(क्यान)ले केही दिन अघि विपिन शर्माको कप्तानीमा १४ सदस्यीय नेपाली युवा टोलीको घोषणा गरेको थियो । टोलीको उपकप्तानमा सुर्याशुं कोइराला रहेका छन्।

गत महिना सुर्खेतमा सम्पन्न टिबी साह मेमोरियल यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको आधारमा टोलीको घोषणा गरिएको हो।

मलेसियामा आयोजना हुने प्रतियोगितामा नेपाल सहित १० टोलीको सहभागीता रहेको छ। सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा रहेको नेपालको समूहमा सिंगापुर, इन्डोनेसिया, भुटान तथा जापान रहेका छन्। त्यस्तै, समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड तथा म्यानमार रहेका छन्।

नेपाल हालसम्म भएका प्रतियोगिताको तीनै संस्करणको च्याम्पियन हो । दोस्रो खेलमा मंगलबार जापानसँग खेल्ने नेपालले तेस्रो खेलमा अर्को साताको आइतवार इन्डोनेसियासँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा नेपालले भुटानको सामना गर्नेछ।

हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल ५ जुलाई ९असार २१० मा फाइनल हुनेछ।

नेपाली यु-१६ टोली

विपिनप्रसाद शर्मा(कप्तान), सुर्याशुं कोइराला(उपकप्तान), परिमार्जन यादव, शिवान्श बजगाईं, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुसिल रावल, शुभम खनाल, प्रसिद्ध जैशी, जोय थापा र रोशन शाही