सुनको मूल्य स्थिर हुँदा चाँदी बढ्यो,ताेलामा कति ?

काठमाडौं। नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन आइतबारकै मूल्यमा कारोबार भएको हो।

हिजो आइतबार १ लाख ९५ हजार २०० रुपैयाँमा किनबेच भएको थियो। आज चाँदीको मूल्य भने आइतबारको तुलनामा रु १० बढेको छ। आइतबार २ हजार १६० मा कारोबार भएको चाँदी आज बढेर प्रतितोला २ हजार १७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।