पछिल्लो एक सातामा ९१ जना डेंगु सङ्क्रमित फेला

काठमाडौं। मनसुन सुरु भएसँगै डेंगु सङ्क्रमणको जोखिम पुनः बढ्न थालेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तंथ्याकअनुसार गएको पुसयता देशभर १ हजार ५ सय ६१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो एक सातामा ९१ जना डेंगुका नयाँ सङ्क्रमित फेला परेका छन्।

विगतका वर्षहरूभन्दा यस वर्ष डेंगु सङ्क्रमण बढेको देखिएको छ । मनसुनको सुरुमै बिरामीहरू बढ्न थालेसँगै भदौ असोजसम्म ह्वातै बढ्न सक्ने सरुवा रोग विशेषज्ञहरू बताउँछन्। देशभरका ७३ जिल्ला डेंगु पुगिसक्यो।