एसईईको मौका परीक्षा २९ साउनदेखि

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नन ग्रेड भएका विद्यार्थीहरूले साउनको २९ गतेदेखि मौका परीक्षा दिन पाउने भएका छन्।

परीक्षा बोर्डले यस वर्षकोएसईईको नतिजा सार्वजनिक गर्दै नन ग्रेडड विद्यार्थीहरूले २९ साउनदेखि मौका परीक्षा दिन पाउने जनाएको हो।

शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को एसईईको नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार ६१.८१ प्रतिशत ग्रेडेड भएका छन्। 

आज सार्वजनिक नतिजाअनुसार विसं २०८१ को एसइई परीक्षामा नियमिततर्फ सहभागी चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ जीपएदेखि ४ जेपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जिपिएदेखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना र २.८ जिपिएदेखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना परीक्षार्थी रहेका छन्।

त्यसैगरी २.४ जिपिएदेखि २.८ जिपिएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जिपिएदेखि २.४ जिपिए ल्याउने चार हजार १३६ जना र १.६ देखि २ जिपिए ल्याउने आठ जना परीक्षार्थी रहेका छन्।

१२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डका अध्यक्ष शर्माले जानकारी दिए। एक लाख ६७ हजार ५९७ विद्यार्थीको नतिजा अवर्गीकृत भएका छन्।