एसईई प्रदेश स्तरबाटै सञ्चालन गर्ने सहमति

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) कायम राख्ने सहमति भएको छ । शनिवार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकले यो निर्णय गरेको हो ।

शिक्षामन्त्री रघुजी पन्तले एसईई प्रदेश स्तरबाटै सञ्चालन गर्ने प्रस्ताव राखेका थिए । सोही प्रस्तावअनुसार प्रदेशले सम्बन्धित बोर्डसँग समन्वय गरी एसईई सञ्चालन गर्ने सहमति भएको छ ।

यसअघि मूल विधेयकमा एसईई समावेश थियो, तर उपसमितिले यसलाई हटाउने सहमति गरेको थियो । तथापि, शनिवारको बैठकले प्रदेशबाटै एसईई सञ्चालन गर्ने निर्णय गर्दै विधेयक पारित गरेको छ । अब यो विधेयक प्रतिनिधिसभामा पेस गरिनेछ ।