पिनाकल कलेजमा नयाँ भर्ना खुला, उत्कृष्ट नतिजा र सुविधा सहित विद्यार्थीको आकर्षण बढ्दै
ललितपुर। काठमाडौँ उपत्यकाको प्रतिष्ठित शिक्षण संस्था पिनाकल कलेजले नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया सुरु गरेको छ। कक्षा ११ (प्लस टु) तथा स्नातक तहका विभिन्न संकायमा भर्ना खुला गरिएको कलेजले जनाएको छ।
कलेजले विज्ञान, व्यवस्थापन, मानविकी र कानून संकायमा कक्षा ११ का लागि आवेदन आह्वान गरेको हो। सिर्फ पढाइ मात्र होइन, अनुशासन, नेतृत्व विकास र आधुनिक प्रविधिमा आधारित शिक्षण प्रणालीमार्फत विद्यार्थीलाई भविष्यको लागि तयार पार्दै आएका छौं, प्रिन्सिपल डा.ऋषि तिवारीले बताउनु भयो, ‘हाम्रा पूर्व विद्यार्थीहरू देश–विदेशमा उत्कृष्ट सफलता प्राप्त गर्दै आएको बताउनु भयो।
भर्ना फाराम कलेजको वेबसाइट, कार्यालय र सामाजिक सञ्जालमार्फत प्राप्त गर्न सकिनेछ। इच्छुक विद्यार्थीले प्रवेश परीक्षामा सहभागी भई अन्तर्वार्तापछि नामावलीमा समावेश हुनेछन्। सीमित सिट रहेको हुँदा चाँडै आवेदन दिन कलेजले आग्रह गरेको छ।
पछिल्लो वर्षको नतिजामा समेत उत्कृष्ट प्रदर्शन गर्दै देशभरका उत्कृष्ट ५ कलेजमध्ये स्थान बनाएको पिनाकलले गुणस्तरीय शिक्षाको प्रत्याभूति गर्ने दाबी गरेको छ। कलेज ललितपुरको कुमारिपाटीस्थित मुख्य क्याम्पसबाट सञ्चालनमा हुँदै आएको छ।