एसीसी मेन्स यू–१६ इस्ट जोन कप: सेमिफाइनलमा नेपाल र मलेसिया भिड्दै
काठमाडौं। एसीसी मेन्स अन्डर–१६ इस्ट जोन कपमा क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज नेपाल र घरेलु टोली मलेसिया खेल्दैछन्।
यो खेल क्वालालम्पुरमा बिहान पौने ८ बजे शुरू हुनेछ। नेपाल समूह ‘ए’ मा सबै खेल जितेर सेमिफइनलमा पुगेको हो।
नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेट, दोस्रो खेलमा जापानलाई ९ विकेट र तेस्रो खेलमा इन्डोनेसियालाई ३ सय ७० रनले हराएको थियो। यो समूहबाट सिङ्गापुर दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ।
यस्तै समूह ‘बी’ बाट हङकङ शीर्ष स्थान र मलेसिया दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेका छन्। प्रतियोगिताको अर्को सेमिफाइनलमा सोही समय हङकङ र सिङ्गापुर खेल्दैछन्।
इस्ट जोन कपको फाइनल खेल शनिवार हुनेछ।