विदेशी नागरिकलाई आफ्नै देशबाट विस्थापित गराउँदै नेपाली
रुषा थापा
विकसित मुलुकहरु अमेरिका, अस्ट्रेलिया, चीनलगायत विभिन्न देशको राजधानीमा भन्दा काठमाडौं उपत्यकामा जग्गाको मूल्य बढी रहेको बताइन्छ । नेपाली रुपैयाँ विदेशी मुद्रामा निकै सस्तो छ । छिमेक भारत र चीनकै पैसा हामीभन्दा महँगो छ । नेपाली जमिन महँगो तर रुपैयाँ चाँहि सस्तो किन भयो ? सरकार बताउँदैन ।
नेपालीहरु विभिन्न देशमा काम गर्न जान्छन् । मलेसिया, कतार, दुबई, कुवेतलगायत खाडी मुलुकमा धेरै नेपाली छन् । अमेरिका, अस्ट्रेलिया, क्यानडामा पनि थुप्रै नेपाली छन् । देशमा रोजगारी नपाएपछि तथा तलब तलब हुँदा उनीहरु विदेशमा काम गरिरहेका छन् । तर, विदेशमा नेपालको भन्दा निकै कम तलब छ ।
त्यहाँ मासिक तलब दुई हजारदेखि पाँच हजार दिइन्छ । जबकी नेपालमा १५ हजारदेखि लाखौं रुपैयाँ तलब दिइन्छ । यद्यपि, विदेशी मुद्रा महँगो भएकाले त्यहाँ थोरै तलब भएपनि यहाँ एकदेखि तीन लाख रुपैयाँसम्म हुन्छ । विकसित मुलुकहरुमा जमिन सरकारको स्वामित्वमा हुन्छ । जमिनको अधिकार जनतालाई दिइएको छैन ।
त्यहाँको सरकारले घरजग्गा कारोबारलाई भन्दा पनि उद्योग, कलकारखाना, व्यवसायमा जोड दिएको छ । लाखौं नेपाली अमेरिका, अस्ट्रेलिया, क्यानडा, पोचुर्गललगायत देशमा छन् । उनीहरुले नेपाली नागरिकता त्यागेर त्यहाँको पिआर लिइसकेका छन् । तर, नेपालमा जसरी उनीहरुले अग्ला अग्ला घर बनाएर बेच्न थालेको सुनिन्छ ।
विकसित देशहरुमा घरजग्गा सस्तो छ । यसैको फाइदा उठाएर नेपाली नागरिकता त्यागेकाहरुले धमाधम घरजग्गा किनिरहेका छन् । यहाँ आमाबाउले भ्रष्टाचार गरेर कमाएको पैसाबाट छोराछोरीले उता घरजग्गा किन्छन् । एक तले घर किनेमा दश तले बचाउँछन् । अनि भाडामा लगाउँछन् वा बेच्छन् । नेपालमा त दलाली काम गरे नै सँगै विदेशमा समेत गर्न थाले ।
पछिल्लो समय अमेरिका, अस्ट्रेलिया, क्यानडाजस्ता विकसित मुलुकहरुका शहर अस्तव्यस्त र अव्यवस्थित देखिनुमा पनि यही कारण रहेको पाइन्छ । नेपालीहरुले जथाभावी घर बनाएर बेच्दा ती देश अव्यवस्थित बन्दै गएका छन् भने अब त्यहाँ पनि नेपालमा जसरी जग्गा महँगो हुने बताइन्छ । किनकि त्यहाँको जमिनमाथि नेपालीहरुले कब्जा गर्न थालिसके ।
काठमाडौं उपत्यकामा जमिनको मूल्य किन बढ्यो ? एउटै कारण छ, ७४ वटा जिल्लाका जनता यहाँ आउनु । जग्गा किन्नु र घर बनाउनु । ७४ जिल्लाबासी काठमाडौं पस्दा यहाँका स्थानीय विस्थापित भए । उनीहरुको अस्तित्व नै संकटमा परेको छ । चार दशकअघि उपत्यकामा सयौं रोपनी जमिन भएकाहरु अहिले चार आनामा सीमित भएका छन् । कतिपयसँग पनि त्यो पनि छैन ।
उपत्यकामा स्थानीयबासिन्दा पलायन भइसकेका छन् । अहिले उपत्यकामा करोडौं जनसंख्या छ । तर, यसमध्ये यहाँको स्थानीयबासी खोज्ने हो भने हजारको संख्यामा समेत भेट्न मुस्किल छ । बाहिरी जिल्लाका जनताले उनीहरुलाई विस्थापित गराए । उनीहरुले गाउँ र शहरमा नै आफ्नो अस्तित्व जोगाए भने यहाँका स्थानीयको चाँहि नामोनिसान नै मेटाइदिए ।
त्यसरी नै अमेरिका, अस्ट्रेलियामा पनि त्यहाँका नागरिकको अस्तित्व संकटमा पर्दै गएको छ । नेपालीसँगै विश्वका अधिकांश देशका नागरिक त्यहाँ बसोबास गर्छन् । उनीहरुलाई त्यहाँको सरकारले ग्रिन कार्ड, पिआर दिएको छ । उनीहरुको परिवारै त्यहाँ छन् । जसले गर्दा पहिले निकै सस्तो रहेको ती देश अहिले महँगिदै गएको छ ।
त्यहाँका नागरिकले धेरै समस्या भोग्नुपरिरहेको छ । बेरोजगारी, गरिबी निकै बढेको छ । उनीहरुलाई जीवन बिताउन निकै गाह्रो परेको छ । यसैले, अब अस्ट्रेलिया, क्यानडालगायत विकसित मुलुकहरुले कडा कदम चाल्न आवश्यक देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त यसबारै सोचेरै ग्रिन कार्ड र पिआर बन्द गर्दैछन् ।
त्यसरी नै अब अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले पनि ग्रिन कार्ड र पिआरमा रोक लगाउनुपर्छ । नभए त्यहाँका भूभागमाथि नेपालीसहित अन्य देशका नागरिकहरुले कब्जा जमाउने छन् । उनीहरुको उद्धेश्य नै त्यहाँको जनतालाई विस्थापित गराउनु हो । आफ्नो रजगज चलाउनु हो । यसका लागि उनीहरु छिट्टै चुनावमा समेत आउनेछन् ।
अनि चुनाव जितेर उनीहरुले आफूहरु वा विदेशीको हितमा हुने काम गर्दैनन् ? भन्नेमा के ग्यारेन्टी छ । किनकि उनीहरु आफैं पनि विदेशी हुन् । आफ्नो भविष्य सुनिश्चित गर्न ठाउँमा पुगेपछि पक्कै पनि उनीहरु आफ्नो स्वार्थको निर्णय गर्ने छन् । जसले त्यहाँका नागरिकलाई ठूलो झट्का लाग्न सक्छ । यसैले, अब नेपालीसहित विभिन्न देशका नागरिक आफ्नो देशमा भएका देशहरु सतर्क हुन आवश्यक देखिन्छ ।
अहिले उपत्यकामा घर भएका अधिकांश भन्छन्, ‘मैले चार दशकअघि पाँच हजार आनामा यहाँ जग्गा किनेको ।’ सय रुपैयाँ आनामा जग्गा किनेको भन्नेसमेत भेटिन्छन् । त्यसरी जग्गा किनेकाहरुको अहिले करोडौंको सम्पत्ति छ । त्यो जग्गाकै मूल्य करोडौं छ । तर, जग्गा बेच्ने चाँहि विस्थापित भएका छन् । उनीहरुसँग न जमिन छ न पैसा । अनि उपत्यकामा बस्नसक्ने अवस्था नै नभएपछि उनीहरु पलायन भएका छन् ।
बाहिरी जिल्लाका जनताले यहाँका स्थानीयलाई जालझेल गरेरसमेत फसाए । उपत्यकामा धेरैजसो नेवार समुदायको बसोबास थियो । नेवारहरु कम पढ्ने । उनीहरु व्यापार व्यवसाय बढी गर्थे । यसैको फाइदा उठाए बाहिरका जनताले । उनीहरु पढेलेखका, बाठा । अनि शुरमा नेवारको घरमा भाडामा बसे । मिठो मिठो खान दिए ।
अनि उनीहरुलाई थाहै नदिई घरजग्गाको कागजात बनाएर खानाकै भरमा हस्ताक्षर गर्न लगाए । घर आफ्नो नाममा ल्याए, धनीलाई चाँहि निकालदिए । यसरी जालझेल गरेर हड्पिएको घर वा सस्तोमा किनेको घरबाट उनीहरु मासिक लाखौं आम्दानी गरिरहेका छन् । एउटै कोठाको ठाउँअनुसार पाँचदेखि २० हजार, एक फ्ल्याट २५ हजारदेखि तीन लाख र एउटा सटरको २० हजारदेखि १९ लाखसम्म भाडा असुल्छन् ।
खाली सटर त २० देखि ६० लाखमा बेचबिखन गरिरहेका छन् । झन् पहिले हजारमा किनेको जमिन अहिले लाखौंदेखि करोडौंमा बेचिरहेका छन् । अहिलेसम्म उपत्यकाभित्रका एउटै स्थानीय प्रधानमन्त्री, राष्ट्रपति, सभामुखलगायत उच्च पदमा पुगेका छैनन् । बाहिरै जिल्लाकै मानिसहरुले राजनीतिमा समेत कब्जा जमाएका छन् ।
यद्यपि, यसका लागि यहाँको नेवारलाई नै उनीहरुले झर्याङ बनाए । प्रधानमन्त्री केपी शर्मा ओलीकै कुरा गर्ने हो भने उनी तेह्रथुममा जन्मिएका छन् । उनकी पत्नी राधिका काठमाडौंको नेवार समुदायकै हुन् । उनैलाई झर्याङ बनाएर ओली राजनीतिमा आए तर राधिका राजनीतिमा छैनन्। राजनीतिक दलका अन्य नेताहरुले पनि यस्तै गरेका छन् ।
यसरी बाहिरी जिल्लाका जनताले उपत्यकाबासीलाई उपत्यकाबाट मात्र होइन, हरेक क्षेत्रबाट विस्थापित गराएका छन्। यता, उपत्यकामा घरजग्गा भएका बाहिरी जिल्लाका मानिसहरु भन्छन्,हाम्रो गाउँ र अमेरिका, अट्रेलियामा समेत घरजग्गा छ।यसरी उनीहरुले उपत्यकाबासीलाई त विस्थापित गराए नै सँगै विदेशी नागरिकलाई समेत विस्थापना गराउन खोज्दैछन्।