रास्वपाको हस्ताक्षर अभियानमा बालबालिकाको दुरुपयोग,सामाजिक सञ्जालमा तीव्र विरोध
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेविरुद्ध भएको भनिएको राजनीतिक प्रतिशोधको विरोधस्वरूप सञ्चालन गरेको हस्ताक्षर अभियानमा बालबालिकाको प्रयोग गरेको भन्दै चर्को आलोचना सुरु भएको छ।
सामाजिक सञ्जालमा अहिले एक बालिकाको तस्वीर भाइरल भइरहेको छ, जहाँ उनलाई हस्ताक्षर गराइँदै गरेको देखिन्छ। सोही तस्बिरलाई लिएर विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले राजनीतिक प्रतिशोध बुझ्ने उमेर यही होला? भन्दै व्यंग्यात्मक टिप्पणी गरेका छन्।
उनीहरूका अनुसार बोल्न नजानेकी बालिकालाई हस्ताक्षर गराएर रास्वपाले भीड देखाउने प्रयास गरेको छ, जुन खालको राजनीतिक संस्कारले भोलीका दिनमा समाजलाइ कुन किसिमको बटो देखाउला भन्ने प्रश्नहरू उठाइएका छन्।
रास्वपाको यस अभियानमा सानी बालिकाले हस्ताक्षर गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि नेपाली राजनीति कता जाँदैछ भन्ने प्रश्न कडा गरेकाे छ। रवि लामिछानेमाथि प्रतिशोध भएको भन्दै सञ्चालन गरिएको यस हस्ताक्षर अभियानको तस्वीर सार्वजनिक भएसँगै राजनीतिक दलहरूले बालबालिकाको दुरुपयोग गर्ने प्रवृत्तिमाथि गम्भीर सवाल उठेका छन्। सामाजिक सञ्जालमा व्यापक वराेध भइरहेको यस विषयमा समाजिक सञ्जाल प्रयाेग कर्ताहरूले रास्वपाको यस कार्यप्रति कडा आपत्ति जनाएका छन्।
नेपालको राजनीतिक इतिहासमा नयाँ शैलीको दाबी गर्दै आएको रास्वपाको यस कार्यले पार्टीको राजनीतिक संस्कारमाथि नै प्रश्न उठाएको छ। बालबालिकाको अधिकार र सुरक्षाका विषयमा संवेदनशील हुनुपर्ने राजनीतिक दलहरूले पटक-पटक यस्ता कार्य गर्नुले स्वार्थ मुखी राजनीति फस्टाउदै गएकाे देखिन्छ।
कुनै पनि राजनीतिक दलले आफ्ना उद्देश्यका लागि बालबालिकाको प्रयोग गर्नु अनुचित मात्र नभएर अमानवीय पनि हो। बालबालिकाले राजनीतिक विषयहरूको जटिलता बुझ्न र स्वतन्त्र निर्णय गर्न सक्ने उमेर नहुँदा तिनीहरूलाई यस्ता अभियानहरूमा सहभागी गराउनु बाल अधिकारको हनन हो।
नयाँ राजनीतिक दलको नयाँ शैली भन्दै बच्चादेखि राउटेसम्मलाई प्रयोग गरेर जनताको जमात देखाउन खोज्ने प्रवृत्तिले रास्वपा अराजक बन्दै गएको हाे की भन्ने प्रश्नहरू उब्जिएका छन्। पार्टीले न्यायपालिकालाई नै चुनौती दिने खालको यस हस्ताक्षर अभियानले नेपालको राजनीतिक संस्कृतिमा के प्रभाव पार्ने हो त्याे भने हेर्न बाँकी छ।
राजनीतिक दलहरूले बालबालिकाको भविष्यसँग खेलवाड गर्नुहुँदैन र तिनीहरूलाई राजनीतिक उपकरणको रूपमा प्रयोग गर्नुहुँदैन।
बालबालिका प्रयाेग गरेकाे फाेटाे समाजिक सञ्जालमा भाइरल भएपछि रास्वपाको छवि र विश्वसनीयतामा नकारात्मक प्रभाव पर्ने देखिएको छ। राजनीतिक परिवर्तनको आशा गरिरहेका नेपाली जनताले यस्ता कार्यहरूबाट निराश हुँदै गएका छन्।
राजनीतिक आन्दोलनमा आममानिसको सहभागिता सुनिश्चित गर्नु सकारात्मक पक्ष भए पनि, त्यसमा बालबालिकाको प्रयोग गर्नु गैरजिम्मेवारपूर्ण र अमर्यादित व्यवहार हो भन्ने टिप्पणीहरू सार्वजनिक भइरहेका छन्। अदालतको निर्णयमाथि प्रश्न उठाउने गरी चलाइएको अभियान र त्यसमा देखिएको असंवेदनशीलता रास्वपाको ‘नयाँ शैलीको राजनीति’ माथि नै गम्भीर प्रश्न उठाउने विषय बन्दै गएको छ।