राजनीतिलाई शुद्ध नगरेसम्म मुलुकमा सुधार असम्भव: पूर्वप्रधानमन्त्री भट्टराई
काठमाडौं। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राजनीतिलाई शुद्ध नगरेसम्म अन्य क्षेत्रमा सुधार सम्भव नहुने बताएका छन्। चन्द्रलोक प्रतिष्ठानले शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले मुलुकको राजनीति अहिले विकृत बनेको उल्लेख गरे।
उनले राजनीतिलाई स्वच्छ बनाउन आफूहरू प्रयासरत रहेको बताए। राजनीति शुद्ध भएपछि मात्र ऐन, कानुन र संविधानमा सुधार गर्न सकिने उनको भनाइ थियो।
शिक्षा क्षेत्रको सुधारका लागि निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको भन्दै भट्टराईले निजी क्षेत्रलाई शिक्षा क्षेत्रबाट पूर्ण रूपमा अलग गर्न नसकिने बताए।