गिरिजा र ज्ञानेन्द्रलाई एकै ठानेको थिएँ: सभापति देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व. नेता गिरिजाप्रसाद कोइरालासँगको सम्बन्धलाई स्मरण गरेका छन्। शनिवार जय नेपाल फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले कोइरालासँगको उतारचढावपूर्ण सम्बन्धबारे खुलेर कुरा गरे।

देउवाले कोइरालासँग विभिन्न समयमा मतभेद र झगडा भएको खुलासा गरे।स्व.गिरिजाबाबु र मेरो बीचमा झगडा भएको कुरा सबैलाई थाहा छ। उहाँले मलाई पार्टीबाट निष्कासन गर्नुभयो, मैले पनि आफ्नै पार्टी खोलेँ,उनले भने।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री पदबाट र कोइरालाले पार्टीबाट निष्कासन गरेपछि देउवाले उनीहरूलाई एकै ठानेको बताए। मैले त्यतिबेला भनेको थिएँ, गिरिजा र ज्ञानेन्द्र एउटै हुन्। एकले पार्टीबाट निकाले, अर्कोले प्रधानमन्त्रीबाट,’ उनले सम्झिए, ‘त्यस्तो थियो हाम्रो सम्बन्ध। तर, पछि राजाले शाही आयोग बनाएर मलाई जेल हाल्यो। मैले अस्वीकार गरेँ।जेलबाट छुटेपछि कोइरालासँगको सम्बन्ध सुधार भएको देउवाले बताए।

‘जेलबाट छुटेपछि गिरिजाबाबुले मिल्नुपर्छ भन्नुभयो, र हामीबीच सम्बन्ध बन्यो,’ उनले भने, ‘गिरिजाबाबु हिम्मतिलो र गणतन्त्र ल्याउनमा मुख्य योगदान दिने नेता हुन्।