एएफसी महिला एसियन कप: नेपाल उज्बेकिस्तानसँग टाइब्रेकरमा पराजित
काठमाडौं। नेपाल एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएको छ। शनिबार भएको खेलमा उज्बेकिस्तानसँग टाइब्रेकरमा पराजित हुँदै नेपाल नजिक पुगेर अभागी साबित भएको हो।
छनोट खेल अन्तर्गत समूह एफको अन्तिम खेलमा निर्धारित खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा पुगेको थियो जहाँ नेपाल ४-२ ले पराजित भयो ।
साबित्रा भण्डारीको प्रहार बारमा लाग्दा गोलकिपर अन्जना रानामगरको प्रहार विपक्षी गोलरक्षकले बचाइन्। उज्बेकिस्तानले खेलको दोस्रो मिनेटमा नै गोल गरेको थियो । ११औं मिनेटमा उज्बेकिस्तानले अग्रता दोब्बर पार्यो।
कप्तानले बाँया भागबाट एक्लै बक्सभित्र लगेर प्रहार गरेको बल डिफेन्डर समीक्षा घिमिरेलाई लागेर गोल भएको थियो ।
२४औं मिनेटमा साबित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरिन् । तर ३९औं मिनेटमा पेनाल्टीमार्फत शोएमोभले गोल गर्दै उज्बेकिस्तानको अग्रता फेरि बढाइन् ।
यद्यपी पहिलो हाफको इन्जुरी समयमा एन एर्गासेभाले दोहोरो पहेंलो कार्डसहित रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि उज्बेकिस्तान दोस्रो हाफमा १० खेलाडीमा सीमित रहेर खेल्ने भएको छ।
नेपालले पहिलो हाफमै एक खेलाडी परिवर्तन गरेको छ। डिफेन्डर निशा थोकरको स्थानमा प्रीति राई ३०औं मिनेटमा मैदान प्रवेश गरेकी थिइन्।
दोस्रो हाफको ७०औं र ७१औं मिनेटमा सावित्राले लगातार गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् । त्यसपछि थप गोल नहुँदा खेल टाइब्रेकरमा धकेलिएको थियो।