नेप्से परिसूचक १.९३ अङ्कले घट्यो

काठमाडौं। साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १.९३ अंक घटेको छ। सो अंकको कमीपछि नेप्से २०७७.७८ अंकमा कायम भएको छ।अंक घट्दा कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ३ अर्ब ९९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ३८ करोडको भयो।

१०१ कम्पनीको मूल्य बढ्दा १३५ को घट्यो भने ११ को स्थिर रह्यो। क्षेत्रगत सूचकमा व्यापार समूह सबैभन्दा धेरै १.९६ प्रतिशत (५८ अंक)बढ्यो। माइक्रोफाइनान्स ४२, हाइड्रा्ेपावर २०, होटल तथा पर्यटन ६ अंक बढे। बैंकिङ ७, विकास बैंक २४, फाइनान्स ४५, जीवन बीमा २४, उत्पादन ४२, निर्जीवन बीमा ४० र अन्य समूह २ अंक घटे।

इमर्जीङ नेपाल, मिडसोलु हाइड्रोपावर र बुद्धभूमि हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो। मान्डु हाइड्रोपावरको ८.४, सुपरमादी हाइड्रोपावरको ७.५, मन्दाकिनी हाइड्रोपावरको ६.७, ग्लोबल आईएमई लघुवित्तको ६.६ प्रतिशत मूल्य बढ्यो। त्यस्तै माइखोला हाइड्रोपावरको ६.४, नारायणी डेभलपमेन्ट बैंकको ५.३, पोखरा फाइनान्सको ५.१, स्वाभिमान लघुवित्तको ४।५ प्रतिशत मूल्य घट्यो।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी हाइड्रोपावर, पोखरा फाइनान्स, हिमालयन लघुवित्त र सुपरमादी हाइड्रोपावर क्रमशः अगाडि रहे।