सुनचाँदीको मूल्य हालसम्मकै उच्च,कतिमा हुँदैछ कारोबार

काठमाडौं। सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाउन थालेको छ। बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुन बिहीबार १८ सय बढेपछि पुरानो रेकर्ड ब्रेक गर्दै १ लाख ४४ हजार रुपैयाँ कायम भयो।

शुक्रबार फेरि १ हजार रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन १ लाख ४५ हजार रुपैयाँमा सुनको कारोबार भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।

मुख्यतः बजेटमार्फत भन्सार दर ५ प्रतिशत विन्दु बढेपछि नेपाली बजारमा सुनको मूल्यमा रेकर्ड बन्न थालेको हो। यद्यपि अन्तर्राष्ट्रिय बजारमा भने जेठ ७ गतेको उच्च मूल्य रेकर्ड पनि तोडिएको छैन। अन्तर्राष्ट्रिय बजारमा जेठ ७ गते प्रतिऔंस २४५० डलर पुगेको सुन शुक्रबार ९१०ः४० बजे० २३८५ डलर छ।

चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको छ। अघिल्लो दिन तोलामा १८५० रुपैयाँ रहेको चाँदी शुक्रबार १९०० पुगेको छ