नेविसंघले ग-यो ८ बुँदे माग राखेर काठमाडौं विश्वविद्यालयमा रिले अनसन

काठमाडौं। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ८ बुँदे माग राख्दै काठमाडौं विश्वविद्यालयको केन्द्रिय कार्यालय धुलिखेलमा रिले अनसन गरिरहेको छ।

पाँच दिनअघिदेखि रिले अनसन गरिरहेको नेविसंघले परीक्षा संचालन तथा मर्यादा कायम गर्न आवश्यक व्यवस्था मिलाउन,पुर्नयोग र पुनःपरीक्षणपछि प्राप्ताङ्कको प्रकाशन १ हप्ताभित्र हुनुपर्ने,परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सकिएको एक महिनाभित्र परीक्षाफल प्रकाशन गर्नुपर्ने,मौका परीक्षाको हकमा परीक्षाफल प्रकाशन भएको एक महिनाभित्र परीक्षा हुनुपर्ने लगायतका माग राखेको छ।

भर्खरै सम्पन्न भएको एमबीबीएस स्नातक तहको परीक्षामा तेस्रो वर्ष पाँचौं वर्षको विद्यार्थीहरुको परीक्षामा प्रश्नपत्र बाहिरिएको विषयलाई गम्भीरतापूर्वक छानबिन हुनुपर्ने र संलग्नलाई कारबाहीको माग गर्दै रिले अनसन बसेको नेविसंघ काठमाडौं विश्वविद्यालय स्कूल अफ ईन्जिनियरिङ्का अध्यक्ष नोएल भट्टराईले बताए।

नेविसंघले आन्दोलन थालेपछि चौथो वर्षको विद्यार्थीको अन्तिम परीक्षाफल ट्रान्सक्रिप्ट माइग्रेसन लगायत शैक्षिक प्रमाणपत्र प्रदान गर्न थालेको उनले बताए।