आज आइतबारको मौसम पूर्वानुमान
काठमाडौं,असोज २५। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले मौसम बुलेटिन जारी गरेको छ।
हाल बंगालको खाडीको पूर्वी-मध्य भागमा न्युन चापीय क्षेत्र रहेको छ र उक्त निम्न चापिय क्षेत्र पश्चिम-उत्तर पश्चिम दिशा तर्फ सर्दै जाने देखिएकाे महाशाखाले जनाएकाे छ ।
हालको मौसमको अवस्था देशका अधिकांश भू-भागमा आंशिक बदली रहेको महाशाखाले जनाएकाे छ ।
त्यस्तै आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भु-भागमा आंशिक बदली रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागमा आंशिक बदली रहने छ । देशको पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
असोज २६ गते सोमबार
दिउँसो: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ । देशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू(भागमा आंशिक बदली रहने छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
असोज २७ गते (मंगलबार)
दिउँसो :देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर आंशिक देखि सामान्य बदली रहने छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थेरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।