आज मिति २०७६ साल भदाै २७ गते शुक्रबार भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस् र सेयर गर्नुहोस्

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ

काम गर्ने सवालमा होसियार रहनुहोला काम बिगार्ने तथा तपाईको नकारात्मक सोच्नेहरु सक्रिय हुनेछन् । आम्दानि हुँने ठाउँमा सत्रुका आँखा लाग्न सक्छ ध्यान दिनुहोला । परिश्रको फल अरुलेनै हत्याउँन कोषिस गर्नेछन् । अध्ययनमा मन जानेछैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । दाजुभाईहरुको नराम्रा सल्लाह मान्दा काम बिग्रनेछ भने भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला ।

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो

बिशिष्ट व्याक्तिहरु सँग सन्तुलित व्यावहार गर्नुहोला सामान्य बिवाद हुँन सक्छ । राजनिति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना बढि सुन्नु पर्नेछ । अग्रजहरुको सुझाबलाई सिरोधार्य गर्दै अगाडि बढ्न सके समयले साथ दिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । व्यापारमा प्रशस्त समय दिएमात्र आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ ।

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा

समाजमा तारिफयोग्य काम गरि राम्रो उपलब्धि हासिल गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । रोकिएर बसेका कामहर सुचारु हुनेछन् भने नयाँ काममा हाता हाल्न सकिने समय रहेकोछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा उपश्थिति जनाई समयमा काम लिन सकिनेछ । अध्ययनमा सुधार गर्दै सफलता हात पार्न सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गर्न सकिने योग रहेकोछ ।

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो

आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा शुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । व्यापार व्यावसायमा मन्दि आउने हुनाले आर्थिक रुपमा पछाडि परिनेछ । स्थाई सम्पतीमा बिवाद आउने योग रहेकोछ भने भौतिक सम्पति तथा अन्य साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । दिदि बहिनी तथा आफन्त सँग अनाबस्यक बिवाद हुन सक्छ ।

सिहं मा,मी,मू,मे,मो,टा,टी,टू,टे

नयाँ ठाउमा गएर मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आएपनि स्वास्थ्यमा समस्या देखिन सक्छ ध्यान दिनुहोला । माया प्रेममा मनमुटाब सिर्जना भई नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता हुनसक्छ । भौतिक बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । राजनिति तथा समाजसेवामा जनताको काम गर्न सकिने भएपनि जस नपाईने समय रहेकोछ । व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि समय कुर्नुनै राम्रो हुनेछ ।

कन्या टो,पा,पी,पू,ष,ण,ठ,पे,पो

मामा तथा मावलि पक्षसँग कुनैपनि काम गर्दा सन्तुलित व्याबहार गर्नुहोला दैनिक काम गर्दा मनमुटावको अवस्था सिर्जना हुँनेछ । तपाईको खुट्टा तान्ने मानिसहरु हावि हुँने तथा सत्रुहरु सलबलाउँनेछन् । न्यालयसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला अनाबस्यक मुद्दा मामिला आईलाग्नेछन् । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ ।

तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते

भौतिक तथा मानव निर्मित स्रोत साधनको परिचालन गरि मनग्गे आम्दानि गर्न सकिनेछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ भने वंश बृद्धिको योग रहेकोछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाँफा कमाउँन केहि समय पर्खनु पर्नेछ । बौद्धिक ब्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ ।

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू

पढ्ने लेख्ने काममा आज खासै मन नजाने हुँनाले शिक्षा क्षेत्रमा अरु भन्दा पछि परिनेछ । घरपरिवार तथा आफन्त सँग छुट्टिएर यात्राको तय गर्नुपर्दा मनमा खिन्नता पैदा हुनेछ । आत्मिय मित्र तथा आमासँग छुट्टिएर टाडाको यात्रा गर्नुपर्दा नरामाईलो महशुस हुनेछ । ज्यानको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछ ।

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

अल्छी गर्ने बानिले महत्वपुर्ण कामहरु सम्पादन गर्न मुस्किल हुनेछ । समयको ख्याल नगर्दा परिस्थितिले नसोचेको बाटो लिन सक्छ ध्यान दिनुहोला । आर्थिक मुद्दामा आफन्त तथा सहयोगी सँग मनमटाबको सिर्जना हुनेछ भने आम्दानिका बाटाहरु साघुरा हुनेछन् । व्यापार व्यावसायमा लगानि गर्ने अवसर आएपनि समयले साथ नदिदा घाटा लाग्नेछ । दाजुभाई तथा छिमेकिसँग अनाबस्यक बिवाद गर्नु पर्दा मानशिक तनाब बढ्नेछ ।

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

बोलिको प्रभाव बढ्ने हुँदा थोरै बोलेर मनग्गे आम्दानि गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको सुमधुर आवाज तथा निर्णयको उच्च मुल्याङन हुनेछ भने समाजमा सम्मानित जीवन यापन गर्न सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले नयाँ काम गर्न सकिने हुँदा मन प्रफल्लित हुनेछ । अध्ययनमा प्रगति हुँने तथा खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईकै वर्चस्व कायम रहनेछ ।

कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा

प्रतिभाको उच्च मुल्यांकन हुँनुका साथै सामाजिक रुपमा ख्याति बढ्नेछ । सिमित स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ता पुरा गर्न सकिनेछ भने आर्थिक ब्याबस्थापनका पुराना मुद्दाहरु हल भएर जानेछन् । हाते औजार तथा घरेलु मेसिन प्रयोग गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुका लागि जनताबाट प्रत्यक्ष सहभागिता सहितको समर्थन पाईने हुँनाले समाज परिवर्तन गर्न जोस जागर बढेर आउनेछ ।

मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची

लामो दुरिको बिदेश यात्रा हुनेछ भने बिदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुका लागी समय उत्तम रहेकोछ । स्वदेशमा उत्पादीत सामानको व्यापारमा केहि मन्दि आउने भएपनि बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । प्रेम सम्बन्धमा एक अर्काको भावना नबुझ्दा चिसोपनाको सुरुवात हुन सक्छ ध्यान दिनुहोला ।