काठमाडौं महानगरले ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने

काठमाडौं। काठमाडौं महानगरपालिकाले आइतबारदेखि (वैशाख १६ गते) बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने भएको छ।

वैशाख १५ गतेदेखि व्यवस्था कार्यान्वयन गर्न लागिएकोमा त्यस दिन शनिबार परेकोले १६ गते आइतबारदेखि कार्यालय बिहान ९ बजे खोल्न लागिएको महानगरले जनाएको छ।

थप समयमा काम गर्नका लागि कर्मचारीहरूलाई प्रोत्साहन गर्न ‘काठमाडौं महानगरपालिका कर्मचारी सेवा सुविधा सम्बन्धी मापदण्ड २०८०’ नगर कार्यपालिकाबाट स्वीकृत गरी स्थानीय राजपत्रमा प्रकाशित भइसकेको छ। 

सेवाको गुणस्तरीयता र प्रभावकारिताका लागि अतिरिक्त समयमा समेत कार्य सम्पादन गर्न आवश्यक रहेकोले पदीय जिम्मेवारी वहन गर्न उपलब्ध गराउने स्रोत,साधन सम्बन्धी व्यवस्था मापदण्डले गरेको छ।