महिला प्रहरीलाई नै बलात्कार गर्न खोजेपछि

कपिलवस्तु, असोज ३०। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत एक महिला प्रहरी बलात्कार प्रयासको शिकार भएकी छन् । प्रहरीका अनुसार गत असोज २० गते राति १० बजे महिला प्रहरीमाथि सहकर्मी प्रहरी जवान २१ वर्षीय भरत वलीले जबरजस्ती करणीको प्रयास गरेका थिए ।

 

रातिको समयमा आफ्नै कोठा अगाडिबाट आफूलाई जबरजस्ती करणीको प्रयास गर्न खोज्दा आफूले प्रतिकार गरेर बचेको पीडित महिला प्रहरीले बताएकी छन् ।

 

जबरजस्ती करणीको प्रयास गर्ने आरोपी प्रहरी जवान वलीलाई प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।पीडित महिला प्रहरीका श्रीमान्ले जवरजस्ती करणी उद्योगको मुद्दा अन्तर्गत प्रहरी जवान वलीविरुद्ध किटानी जाहेरी दिए पछि मुद्दा प्रक्रिया अघि बढेको हो ।