महिलाले महिवारीमा अपनाउननुपर्ने केही साबधानीहरू, यसप्रकार छन् जानकारीकाे लागि पढ्नुहाेस्

 

 काठमाडाै।  महिला बायोलोजिकल रुपमा पुरुषको तुलनामा कमजोर हुन्छ । महिलालाइ बच्चा जन्माउने महिनावारीलगायतका समयमा विभिन्न समस्या देखा पर्न सक्छ । त्यसैले महिलाले आफ्रनो स्वास्थ्यमा विशेष ख्याल राख्न जरुरी हुन्छ । त्यस्ता सावधानबिारे स्त्रीरोग विशेषज्ञ ज्योति अग्रवालले बताएकी छिन् ।

टिन एजका महिलाले महिनावारीका समय हाइजिनमा विशेष ख्याल जरुरी हुन्छ । यस्तो वेला देखिएको सामान्य समस्याले पनि ठुलो रुप लिन सक्ने भएकाले त्यसलाइ बेवास्ता नगरी डाक्टरसँग सहकार्य गर्न आवश्यक हुन्छ ।

महिनावारीका समयमा इन्फेक्सनको खतरा बढी हुन्छ । जस्ले र्दीघकालीन रुपमा स्वास्थ्यमा नकारात्मक असर पु¥याउँछ । जस्तो कि यस्तो इन्फेक्सन बढेर पाठेघरसम्म पुग्न सक्छ र पछि पेट दुखिरहने चाहेको वेला बच्चा नहुृनेलगायतका समस्या निम्तिन सक्छ ।

बिहेपूर्व नै कतिपय युवतीले आइपिलजस्ता चक्कीको सेवन गरेको प्रशस्त उदाहरण पाउछौ । एक त बिहेअघि शारीरिक सम्बन्ध नराखेको राम्रो यदि राखिहाले पनि यस्तो चक्कीको सेवन गर्नुहुँदैन। यसको सेवनले महिनावारीमा समस्या हुन सक्छ ।यो चक्की खादैमा बच्चा बस्दैन भन्ने शतप्रतिशत ढुक्क हुदैन र बच्चा बसिहालेमा गलत तरिकाले एबोर्सन गर्दा स्वास्थ्यमा थप खतरा उत्पन हुन्छ।

यस्ता चक्कीको प्रयोगले बाँझोपनको समस्यासमेत निम्तिन सक्छ ।

बिहेअघि नै गड्रासिल खोप लिदाँ राम्रो हुन्छ । जसले पाठेघरको क्यान्सर हुनबाट रोक्ने काम गर्छ । ९ वर्षको उमेरदेखि नै यस्तो खोप लिन सकिन्छ । यस्तो खोप ६ महिनाको अवधिमा तीनपटक लिएमा जीवनभरि पुग्छ ।यस्तो खोप शारीरिक सम्पर्कअघि नै लिँदा थप प्रभावकारी हुन्छ ।

बिहेपछि पारिवारिक योजना हुन जरुरी हुन्छ । सकेसम्म अनपान्टेड प्रेग्नेन्सीको समस्यामा फस्नु हुदैन । कतिपय अवस्थामा नचाहँदानचाहँदै पनि गर्भ रहन सक्छ । त्यसैले त्यसता गर्भनिरोधक औषधिको प्रयोग गनुहुदैन ,जसले बच्चालाइ असर पार्छ यसो गर्दा बच्चा बसिहाले पनि बच्चा र आमालाइ त्यस्तो ठुलो असर पदैन ।

बिहेपछि वर्षमा एकपटक अनिवार्य रुपमा डाकथटरकहाँ गएर परिक्षण गर्न जरुरी हुन्छ । यसो गर्दा सम्भावित खतराबाट बच्न सकिन्छ ।
महिनापिछे आफैपनि ब्रेस्ट चेक गर्न जरुरी हुन्छ यसरी स्तनमा कुनै गिर्खा आएको छ भने डाक्टरको सल्लाह लिइहाल्नुपर्छ । नत्र त्यसले क्यानसरको रुप धारण गर्न सक्छ

मल्टिपल सेक्स पार्टनर गराउनुहुदैन । चाहे त्यो महिला होस् वा पुरुष नै किन नहोस् । यसरी मल्टिपल सेक्स पाटनर हुदा पाठेघरको मुखको क्यानसर हुने सम्भावना बनेर जान्छ । सरसफाइमा विशेष ध्यान दिनुपर्छ । गाडासिल खोप लिएको छैन भने लिन जरुरी हुन्छ । खासगरी बिहेपछि बच्चा जन्माइएर स्थाइ ब्नध्याकरण गर्दा राम्रो हुन्छ  ।n.p