अरुसँग खुलेर गनुहोस् मनका कुरा सबै किसिमका तनाबबाट बच्न सकिन्छ

काठमाडाै।  विश्वमा नयाँ – नयाँ अनुसन्धान भइरह्नछ । पछिलो अनुसन्धानले के स्पष्ट पारेको छ भने मुटुरोसँग डिप्रेसन र तनाबको सम्वन्ध रहन्छ ।
त्यसैले विश्वमा करोडौ मानिस जोखिममा छन । उक्त अनुसन्धानले चिन्तालाइ सबै भन्दा ठुलो रोगका रुपमा व्याख्या गरेको छ। किनकि ,चिन्ताले नै डिप्रसनको समस्या निम्त्याउछ । यी सबै कुराबाट बच्न खुलेर अरुसँग मनको कुरा गर्न आवश्यक छ ।

 

विश्भरीका विश्यषज्ञ हरुले मुटु रोग र डिपे्रसन ,तनाबका बिचमा प्याथोफीजियोलोजिकल सम्बन्ध हुन्छ । मनोचिकित्सामा हार्वर्ड रिभ्युको अनुसन्धानले एकतिहाइ मानिसमा डिपे्रसन र तनावका कारण मुटुरोगको खतरा अत्याधिक छ।

म्यासाचुसेट्रस जनरल अस्पतालका एमडी क्रिस्टोफ सेलानोका सहयोगीले भनेका छन् , मुटुका बिरामीको वा काडियाक हमलाबाट पीडित हुनुको कारण डिपे्रसन र तनाब भए पनि धेरैलाइ त्यो कारणबारे थाहा हुदैन । जसले गर्दा उपचारमा पनि निकै अप्यारो हुन्छ ।

 

अनुसन्धानले भनेको छ कि कैयौपबट डाक्टरलाइ मुटुरोगको कारण पत्ता लगाउन गाह्रो हुन्छ । यसको सबैभन्दा ठुलो कारण हो । मानिसको समस्या । जसले मुटुरोगसँग सम्बन्ध राख्छ ।

 

डिप्रेसन र चिन्ताका कारण मानिसलाइ मुटुको समस्या हुन्छ र उनिहरुमा मेटाबोलिक परिवर्तन पनि बढी हुन्छ । यस्ता मानिसले डाइट ,व्याउयाम र मेडिटेसनको रुटिनसमेत म्यानेज गर्न सकस हुन्छ । अनुसन्धानले हल्का चिन्ता मात्र भएका शारीरिक रुपमा स्वस्थ व्यक्तिमा पनि मुटुरोगको सम्भावना बढी हुन्छ ।

 

चिकित्साका क्रममा पनि मुटुुुरोग र चिन्ताबिच सम्बन्ध छ भन्ने सम्झना जरुरी हृुन्छ । जसले पीडितको स्वास्थ्यमा सकरात्मक परिवर्तन ल्याउन सघाउ पुग्छ । त्यसैले चिन्तालाइ एउटा गम्भीर रोगका रुपमा लिइएको छ ।

विश्व स्वास्थ्य सँगठनका अनुसार विश्वमा ३० करोडभन्दा बढी मानिस डिप्रेसनबाट ग्रसित छन् । र यो बढ्दो क्रममा छ । जसको प्रमुख कारण चिन्ता हो ।

   सावधानी

चिन्ता र तनाबबाट वच्न आवश्यक हुन्छ । यसका लागि आफनो मनको कुरा खुलेर अरुसँग गर्न जरुरी हुन्छ । यसका साथै खुसी सकारात्मक सोच राख्नुृपर्छ । त्यस्तै स्वस्थकर खाना भ्रमणलगायतका गतिविधि गर्न सकिन्उछ ।

 

यसको सबैउभन्दा राम्रो उपचार भनेको आफुले आफैलाइ प्रेम गर्नु हो । वरिपको भचुअल दुनियाँले तपाइलाइ हरेक समय गिज्याइरहेको हुन्छ । थुप्रै कुरा हुन्छन् जसले तपाइ दु खी तुल्याउछन सक्छ । यस्ता विषयमा त्यति धेरै मतलब राख्नुहुदैन ।