धार्मिक एंव वास्तु विज्ञानले भन्छ घरमा यस्ता बस्तु भित्र्याउदा लक्ष्मीको वास, कमाइनेछ चाहेजति धन

काठमाडाै।  सबैले घरमा लक्ष्मीको वास होस भन्ने चाहान्छन र यसका लागि मानिसले हरेक प्रकारका तरिकाहरु अपनाउँने गर्छन । केहि मान्छेहरुले घरमा लक्ष्मी माताको पुजा पाठ गर्ने गर्छन भने केहिले वास्तुशास्त्रका आधारमा पनि ठुलो लाभ पाउँन सक्छन । वास्तुशास्त्रका अनुसार, यदि तपाईंले चार दिशा अनुसार घरमा केही चीजहरू राख्नुहुन्छ भने, यसले पनि तपाईंको जीवनमा नयाँ फेरबदल ल्याउन सक्छ । आउँनुहोस जानौं वास्तु सँग सम्बन्धित केहि कुराहरु ।

ड्रेसिंग टेबलको साथ दर्पण पूर्व वा उत्तर पर्खालहरूमा हुनुपर्छ।

दराज सुत्ने कोठाको को उत्तरपश्चिम वा दक्षिणी किनारमा हुनु पर्छ। टिभी, हीटर र एअर कंडीशनर दक्षिणपूर्व कुनामा अवस्थित हुनुपर्दछ।
पढाई र लेखाई गर्नको लागि सुत्ने कोठाको पश्चिम वा पूर्व हुनुपर्छ ।

 

तपाईले यो कुरा ध्यानमा राख्नुहोस पढाई गर्ने समयमा तपाईको मुख पुर्वतिर हुनुपर्छ ।

सुत्ने कोठमा, दराज दक्षिण पर्खालको साथ राख्नु पर्छ।

दराज खोल्दा यसको मुख उत्तरतिर खुला हुनुपर्छ। यसले पैसा कम हुन दिदैन ।

दक्षिणपश्चिम र पश्चिमलाई कहिल्यै खाली राख्नु हुँदैन।

कोठा संग जोडिएको बाथरूम कोठाको पश्चिम तिर हुनुपर्छ उत्तरमा होईन ।

सुत्दा मिठो निन्द्रा र सुन्दर सपनाको लागि पूर्व वा दक्षिण तिर सिरानी हुनुपर्दछ।