नेपालको भण्डारण क्षमता कमजोर भएकै कारण आउदै गरेको तिहारमा ईन्धनको हाहाकार हुन सक्ने संकेत, नेपालले बढीमा १७ दिन भण्डारण गर्न सक्ने एक अध्ययनले देखाएकाे छ

काठमाडाै कर्तिक ०३।   पेट्रोलियम पदार्थ भण्डारण क्षमतामा नेपाल विश्वकै कमजोर सूचीमा पर्छ । जवकी छिमेकी भारतले तीन पटक लगाएको नाकाबन्दीले भण्डारण क्षमता बढाउनु पर्ने ज्ञान नदिएको होइन् । तर, अभावका बेला एकल परनिर्भरतामा पछुताउने र आपूर्ति सहज हुँदा चुप बस्ने प्रबृत्तिले ठोश प्रगति भएको छैन ।छिमेकीसँग शत्रुतापूर्ण सम्बन्ध रहेको इजरायलले सबै नाका बन्द हुँदा पनि २७० दिनको लागि पुग्ने इन्धन भण्डारण गर्ने क्षमता राख्छ । आधिकारिक तथ्य नभएपनि भारतसँग मात्रै कारोबार गर्ने नेपाल, इन्धन भण्डारणमा विश्वकै कमजोर मुलुकको सूचीमा छ ।

कुन देशसँग कति भण्डारण क्षमता ?

जापान : १ सय ३७ दिन

चीन  ;१ सय ३५ दिन

अमेरिका : १ सय २० दिन

स्विट्जरल्याण्ड : ९० दिन

थाइल्याण्ड :७० दिन

फ्रान्स : ५५ दिन

भारत : ५० दिन

भूपरिवेष्ठित र भारतसँग मात्रै निर्भर नेपालले भने बढीमा १७ दिनलाई पुग्ने मात्रै इन्धन भण्डारण गर्न सक्छ । भारतले पछिल्लो पटक नाकाबन्दी लगाउँदा चरम अभाव भएपछि सरकारले बल्ल भण्डारण क्षमता विस्तारमा ध्यान दिएको थियो । तर, योजनाअनुसार काम नहुँदा अभावको नियति निरन्तर दोहोरिने गरेको छ । भण्डारण क्षमता कमजोर रहेकै कारण ट्याङकर चालकले अबरोध गर्दा होस् वा सडकका कारण ढुवानी रोकिँदासमेत इन्धनको चरम अभाव हुन्छ । उता, इन्धन ढुवानी र विक्रिको जिम्मेवारी लिएको नेपाल आयल निगम भने क्षमता विस्तारका लागि अध्ययन भइरहेको दावी गर्छ ।

 

निगमसँग अहिले काठमाडौं, अमलेखगन्ज, विराटनगर, जनकपुर, भैरहवा, पोखरा, नेपालगन्ज, सुर्खेत, धनगढी र दीपायलमा गरी ७१ हजार ६ सय २२ किलोलिटर इन्धन मौज्दात राख्ने क्षमता छ । यो क्षमतालाई पाँच गुणा बढाएर ९० दिनलाई पुग्ने गरी भण्डारणको व्यवस्था गर्ने सरकारको तयारी रहेपनि त्यसअनुसार काम भने भएको छैन । सरकारले सातै प्रदेशमा थप ४ लाख २४ हजार किलोलिटर इन्धन भण्डारण गर्नका लागि जग्गाबाहेक १ खर्ब १७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ ।