काठमाडौं उपत्यकामा ५ सय चोर सक्रिय


काठमाडौं असाेज २३। प्रहरीका अनुसार काठमाडौं उपत्यकामा करिब ५ सय जना चोर सक्रिय छन् । महानगरीय अपराध महाशाखाका अनुसार, उपत्यकामा श्रृङ्खलावद्ध चोरी, डकैती, लुटपाटलगायतका अपराधमा संलग्न ४ सय ८० भन्दा बढी व्यक्ति पेशेवर चोरका रुपमा सक्रिय छन् ।

 

पछिल्लो तीन बर्षमा देशभर ५ हजारभन्दा बढी चोरीका घटना दर्ता भएकोमा १ हजार ५ सयभन्दा बढी चोरी काठमाडौं उपत्यकामा भएको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको अभिलेखमा उल्लेख छ ।

 

श्रृङ्खलावद्ध चोरीका घटनामा अदालतबाट धरौटीमा छुटेका तथा कैद सजाय भुक्तान गरेका व्यक्ति संलग्न रहँदै आएका छन् । समाचारमा लेखिएअनुसार, रातभिन्दा दिउँसो बढी चोरी हुँदै आएको छ । चोरी कार्यमा १६ बर्ष मुनिका किशोररकिशोरीको संख्या बढ्दै छ ।आजको कारोबार दैनिकबाट ।