जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ

बझाङ, पुस २७ । बझाङमा बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तल्कोट गाउँपालिका– ७ का २१ वर्षीया शेरबहादुर विष्ट रहेको बझाङका प्रहरी नायब उपरिक्षक प्रविण धितालले जानकारी दिए । १४ वर्षीया बालिकालाई जबरजस्तीकरणी गर्न खोजेकोे आरोपमा उनलाई पक्राउ गरिएको हो ।

 

गाँउ नजिकैको जंगलमा स्याउला काट्ने ठाँउमा बालिकामाथि विष्टले जबरजस्तिकरण गर्न खोजेको उजुरी आएपछि प्रहरीले विष्टलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखिएको डिएसपी धितालले बताए । विष्टलाई जबरजस्तीकरणी अभियोगमा मुद्धा दर्ता गराई अनुसन्धान भइरहेको उनको भनाइ छ ।