वैद्य माओवादी निकटका शिक्षक जुझारु बन्दै


               -विष्णु विकिरण

ललितपुर,पुस २८।नेकपा क्रान्तिकारी माओवादी आवद्द अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुरले जिल्लामा भएका शिक्षकलाई जुझारु बनाउने भएको छ।तात्कालीन शिक्षकका ललितपुर जिल्ला अध्यक्ष के के मल्लले अब वैद्यका शिक्षक जुझारु बन्दै जाने बताए।अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन।

 

ललितपुरको बैठ्कमा बोल्दै मल्लले आफ्ना पूर्खा मल्ल राजा भएकाले अब हाम्रो शिक्षक संगठनलाई जिल्लाकै राजा संगठन बनाउन आफूले पहल गर्ने बताए।शिक्षकका जिल्ला इन्चार्ज तथा संयोजकको अध्यक्षतामा बसेको बैठ्कमा क।रोहितको संयोजकत्वमा सात सदस्यीय जिल्ला समिति गठन गरेको छ।जिल्ला सदस्यहरुमा प्रमिला अमात्य (जेम्स स्कुल),कुमार भट्टराई (एम्स् कलेज)भिम केसी(भ्याली पब्लिक),अजित झा(किड्·डम स्टार)र बिनोद तिमल्सिन(नमुना स्कुल) रहेका छन्।

शिक्षक पेशाका हकहित तथा सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन नयाँ कमिटि जुझारु भएर अघि बढ्छ।त्यसमा पार्टीको साथ र सहयोग चाहिन्छ भन्दै रिपोर्टिड्· र बहस चलेको थियो।बैठ्कमा जिल्ला इन्चार्ज भाष्कर तथा सेक्रेटरी श्याम केसी(दिपक)ले अब ललितपुरका शिक्षकलाई अघि बढाउन जिल्ला पार्टीको जुझारु भूमिका हुने प्रतिवद्धता जाहेर गरे।