दक्षिण कोरिया र उत्तर कोरिया,दुश्मन” रहेनन्,सरकारी दस्तावेजमा लेखियो यति ठुलो कुरा

एजेन्सी। दक्षिण कोरीयाले आफनो द्धिवार्षिक रक्षा दस्तावेजमा उत्तर कोरीयाको लागी पहिलो प्रयोग गरीने “दुश्मन” शब्द लाई हटाएको छ, जसलाई प्योंगयांगसँग सम्झौता गर्ने उसको प्रयासको रुपमा हेरीएको छ । उत्तर कोरीयाको परमाणु कार्यक्रममा अन्तराष्ट्रिय गतिरोध समाप्त गर्नको लागी वाशिंगटन र प्योंगयोग नेताहरु बिच हुन गईरहेको दोस्रो बैठकभन्दा पहिला यो सर्वमान्य निर्णय लिइएको हो ।

रक्षा श्वेत पत्रमा भएन यी शब्दको प्रयोग

दक्षिण कोरियाबाट मंगलबार प्रकाशित भएको श्वेत पत्रमा उत्तर कोरियाको लागी “दुश्मन”, “हालको दुश्मन” वा “प्रमुख दुश्मन” जस्ता कुनै पनि शब्दको प्रयोग गरिएन । यो शब्द कोरियाली देशका बिच शत्रुताको एउटा कारण बनेको थियो किनभने उत्तर कोरीया यसलाई एउटा उक्साउने कदम बताउदै आइरहेको थियो ।

१९९५ मा पहिलो पटक भएको थियो दुश्मन शब्दको प्रयोग

दक्षिण कोरियाले पहिलो पटक उत्तर कोरियालाई १९९५ मा आफनो दस्तावेजमा “प्रमुख दुश्मन” बताएको थियो, जसको एक बर्ष पछि नै उत्तर कोरियाले सियोल लाई आगोको नदि मा बदलीदिने धम्कि दिएको थियो ।