टुटलको बदमासीः बिनादर्ता भ्याट असुली

काठमाडौं, माघ ९ । टुटलका नाममा मोटरसाइकलमा यात्रु बोक्ने सेवा व्यापार गरिरहेको हाइपर लुक्स नेपालले मूल्य अभिवृद्धि कर ९भ्याट० मा दर्ता नभई सेवाग्राहीबाट भ्याट असुली गरेको खुलेको छ ।

 

मुलुकको कानुनअनुसार कुनै पनि कम्पनी वा संघसंस्था भ्याटमा दर्ता भएर आधिकारिक नम्बर नलिएसम्म भ्याट असुली गर्न पाइँदैन । तर हाइपरले भ्याटमा दर्ता नभई मोटरसाइकलको सेवा लिने यात्रुबाट कुल भाडामा १३ प्रतिशत भ्याट जोडेर रकम लिँदै आएको छ ।

 

नागरिकलाई हाइपरले भ्याट लिएको आधिकारिक बिल प्राप्त भएको छ । हाइपरले भ्याटमा दर्ता नभई झन्डै १९ महिना मोटरसाइकलको सेवा लिने सेवाग्राहीबाट भ्याट उठाएको समाचार नागरिक दैनिकले प्रकाशित गरेको छ ।