भ्रष्टाचार रोक्ने निकायमै ‘भ्रटाचारी’, विश्वसनीयतामा प्रश्न

काठमाडौं, फागुन ४। भ्रष्टाचार नियन्त्रण, नियमन र दोषीमाथि कारबाही गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै शंकाको घेरामा पर्न थालेको छ 

आयुक्त राजनारायण पाठकले ७८ लाख रुपैंयाँ घुस लिएको प्रकरण सार्वजनिक भएसँगै अख्तियारको कामकारवाहीमाथिको विश्वसनीयतामा प्रश्न उठेको छ ।

मुद्दा मिलाउने नाममा आयुक्त पाठकसहित कर्मचारीले नै बार्गेनिङ गरेर ‘सेटिङ गर्ने’ र व्यक्तिगत दुस्मनीका कारण मुद्दा लगाएर बदनाम गराउनेसम्मका काम अख्तियारबाट हुने गरेको यसले पुष्टि गरेको छ ।

 

आयुक्त पाठकले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज प्रकरणमा सो कलेजका अध्यक्ष लम्बोदर न्यौपानेसँग पटकपटक गरी ७८ लाख रुपैंयाँ घुस लिएको सार्वजनिक भएको छ ।

 

यसअघि माघ १४ मा पनि अख्तियारको सुर्खेतस्थित कार्यालयमा कार्यरत प्रहरी निरिक्षक जन्म अधिकारीले बर्दिया राष्ट्रिय निकुन्जहाताबाट एकलाख घुससहित रंगेहात पक्राउ परेका थिए ।

 

त्यसो त, अख्तियारले माघ २१ गते काठमाडौं, भृकुटीमण्डपस्थित फनपार्क भाडा प्रकरणमा पनि पूर्वमन्त्रीद्वय बद्रीप्रसाद न्यौपाने र टेकबहादुर गुरुङलाई आफैंले प्रमाणित गरेको कागज पनि नहेरी मुद्दा चलाइदिएको छ । नागरिक दैनिकबाट