स्वास्थ्य र शिक्षामा एनजिओको ४ अर्बः कसले कति खर्च गरे

काठमाडौं, फागुन ६ । नेपालका गैरसरकारी संस्थाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा मात्रै गतवर्ष चार अर्ब रुपैयाँ भन्दा बढी खर्च गरेका छन् । तर उपलब्धि भने शून्यप्रायस् छ ।

 

देशभर रहेको २ सय ९६ गैरसरकारी संस्थाले ४ अर्ब ३५ करोड ३९ लाख ९५ हजार ३ सय ६४ रुपैयाँ खर्चेको समाज कल्याण परिषद्को तथ्याङ्कले देखाउँछ ।, तर त्यसको अनुगमन प्रभावकारी हुन सकेको छैन । एनजिओले खर्च गरेको त्यति ठुलो रकम कहाँ र कसरी खर्च भइरहेको छ भन्नेबारे सरकार बेखबर छ ।, राजधानी दैनिकमा समाचार छ ।

शिक्षा क्षेत्रमाः
लायन्स क्लब अन्तर्राष्ट्रिय बहु जिल्ला ३२५ – ३१ करोड ८७ लाख २५ हजार रुपैयाँ
बाल शिक्षा नेपाल – ४ करोड १८ लाख १९ हजार ३५ रुपैयाँ
गुड ह्याण्ड्स नेपाल – ३ करोड ६३ लाख २२ हजार ९ सय ३२ रुपैयाँ
टिच फर नेपाल – ७ करोड ८३ लाख ३५ हजार ३ सय ४० रुपैयाँ

स्वास्थ्य क्षेत्रमाः
नेपाल परिवार नियोजन संघ – १६ करोड ८० लाख ३ सय रुपैयाँ
एशोसियसन अफ मेडिकल डक्टर्स फर एसिया नेपाल – ४ करोड ५३ लाख ७३ हजार ६ सय ८९ रुपैयाँ
मानव बिकास तथा सामुदायिक सेवा ललितपुर – १० करोड ५८ लाख ८१ हजार ७ सय८६ रुपैयाँ