दशबर्षे सशस्त्र द्वन्द्वकै झल्को दिनेगरी गाउँगाउँमा विप्लबको ‘जनसत्ता’

दाङ, चैत्र ५ । सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लब’ नेनृत्वको नेपाल कम्युनिष्ट पार्टीले विगतको दशबर्षे सशस्त्र द्वन्द्वकै झल्को दिनेगरी गाउँगाउँमा ‘समानान्तर सरकार’का रुपमा ‘जनसरकार’ बनाउन थालेको छ ।

 

‘जनकारवाही’ लाई ब्युँताएको भन्दै विप्लब समूहले ‘जनसत्ता’ भन्दै गठन गरेको जनसरकारलाई राज्यसत्ताको निगरानीको बलियो शक्तिका रुपमा प्रयोग गरिरहेको जनाएको छ ।

 

जिल्ला तहदेखि स्थानीय तहका वडासम्मै जनसरकार गठन गरिएको जिल्ला जनसरकार प्रमुख भगवानदास चौधरीले जानकारी दिए ।

सरकारले आफूलाई प्रतिबन्ध लगाएपछि गाउँगाउँमा स्थापना भएका जनसरकारलाई झनै सक्रिय बनाइएको उनको भनाइ छ ।

 

‘तत्कालिन माओवादीको युद्धकालमा बनाइएका यी जनसत्तालाई सरकारलाई पुनः ब्युँताइएको हो’, उनले भने, ‘हामीलाई बर्तमान सरकारले प्रतिबन्ध नै लगाएपछि हामी सरकारको खिलाफमा समानान्तर सरकार संचालन गरेर सक्रिय रुपमा लागेका हौं ।’ नागरिक दैनिकबाट