सरकारले चैत ७ र ८ गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय (सूचना सहित)

काठमाण्डौ, चैत ६ । प्रदेश २ सरकारले चैत ७ र ८ गते २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।प्रदेश २ सरकारको प्रदेश मन्त्रिपरिषद् बैठकले होलीको अवसरमा २ दिन चैत ७ र ८ गते २ दिन प्रदेशभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

 

पहाडी जिल्लामा यस वर्ष बुधबारअर्थात् आज नै होली मनाइए पनि तराई तथा मधेसका जिल्लामा भोलि र पर्सि होली मनाइने भएकोले २ दिन सार्वजनिक छुट्टी दिने निर्णय गरेको प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

संघीय सरकारले भने होलीका अवसरमा १ दिन मात्र सार्वजनिक बिदा दिएको छ ।