के तपाइकाे गर्मी मौसममा जुत्ता लगाउदा खुट्टा गन्हाउने समस्या छ ?

 

खुट्टा गन्हाउने समस्याले धेरै जसोलाई पिरोलेको हुन्छ । लामो समयसम्म जुत्ता लगाएर फुकल्दा सामन्यतया सबैको खुट्टा गन्हाउछ तर कसै कसैको भने यस्तो नराम्रोसंग खुट्टाबाट दुर्गन्ध आउछ कि कोठामा अरुलाई बस्न समेत गाह्रो हुन्छ । जतिसुकै सरसफाईमा ध्यान दिने भएपनि यस्तो किन हुन्छ ?

 

तपाईलाई लाग्न सक्छ , पसिनाको कारण हाम्रो खुट्टा गन्हाउने गर्छ । तर पसिना शरीरका अन्य भागमा पनि आउछ यसरी खुट्टा खप्नै नसक्ने गरि गन्हाउने कारण के होला रु खुट्टामा जम्मा २लाख ५० हजार पसिना ग्रन्थि हुन्छ । जसले निकल्ने पसिना नाप्ने हो भने एक चिया कप भरिन्छ ।

 

हाम्रो शरीरमा दुई खालका पसिना ग्रन्थि हुन्छन् । यी हुन् एपोक्राइन र एक्राइन ग्रन्थि । एपोक्राइन ग्रन्थि कपाल वा रौँ भएका भएको ठाँउमा हुन्छ । अनि यस्ता ठाँउमा पसिना आउनुको कारण भने दिमागमा हुने तनाब हो । त्यो पसिनालाई हाम्रो शरीरमा भएको व्याक्टेरियाले पचाउछ ।

 

तर खुट्टामा भने एपोक्राइन ग्रन्थि नभएर एक्राइन ग्रन्थि मात्रै हुन्छ । तर खुट्टा गन्हाउने कारण भनेको व्याक्टेरिया नै हो । हाम्रो छालामा अनेकौँ व्याक्टेरिया हुन्छ । तर हामीले देख्न नसक्ने र नकरात्मक असर नहुने हुदाँ हामीले थाहा पाइरहेको हुदैनौँ । खुट्टाको छालामा सामान्यता स्टेफिलोकोकस एपिडर्माइडिस र ब्यासिलस सबइलिस नामका दुई प्रजातिका व्याक्टेरिया हुन्छ । यी व्याक्टेरिया न्यानो र ओसिलो ठाँउ खोज्दै खुट्टामा पुग्छन् ।

 

यस्तो अबस्था भने जुत्ता र मोजा लगाउदा हुन्छ । खुट्टामा आउने पसिनामा पाइने एमिनो एसिड र ल्युसाइन रसायन स्टेफिलोकोकस एपिडर्माइडिस ब्याक्टेरियाको खाना हो । आइसोभ्यालेरिक एसिड ग्याँस ती ब्याक्टेरीयाले विसर्जन गर्छन् । त्यही ग्याँसको कारण हाम्रो खुट्टा गन्हाउछ ।

 

तर, ब्यासिलस सब्टाइलिस ब्याक्टेरियाले भने पसिना खाँदैन, यसले हाम्रो पाइतालाको नरम छालालाई खाने गर्दछ, र पछि सल्फर ग्याँस विसर्जन गर्दछ, जसले एकदमै नराम्रो दुर्गन्ध निकाल्दछ।

 

यस्तो अबस्थामा दुर्गन्ध हटाउन तपाईले त्यो ब्याक्टेरिया हटाउनु पर्ने हुन्छ । ब्याक्टेरिया हटाउन खुट्टालाई सुख्खा राख्नु पर्छ । खुट्टा सुख्खा राख्न तपाईले नुनपानीले खुट्टा धुने, भिगानेर पानीले खुट्टा धुने वा चियाले पखाल्दा समेत राहत हुन्छ ।

 

अनि प्रयोग गर्ने जुत्ता नाइलनको छ भने फेर्नुहोस् । नाइलनको जुत्ताले खुट्टालाई ओसिलो बनाउछ । कपडाको जुत्ता भने उपयुक्त हुन्छ । यस्तै खुट्टामा पफ्र्युम लगाउदाँ त्यसमा भएको अल्कोहलले समेत ती ब्याक्टेरिया मार्न मद्धत गर्छ ।