नेपाल आर्मीको भावी चीफका लागि तीन तारे जर्नेलको पदपूर्तिमा फेरि अन्योल

काठमाडौं,चैत ८ । प्रधान सेनापतिमा पूर्णचन्द्र थापाको नियुक्तिपछि नेपाली सेनाको उच्च पदको पदपूर्ति सहज ढंगबाट हुने गरेको छैन। २०७६ सालमा रिक्त हुने रथी पदका लागि कसको भाग्य खुल्ने त्यसपछि विक्रम सम्बत २०७८ मा नेपाली सेनाको प्रधान सेनापति को बन्ने वा कसका लागि ढोका खुल्ने हो भन्ने निश्चित जस्तै हुने छ। हाल रथी पद(तीन तारे जर्नेल)को २०७६ वैशाख ११ गते रिक्त हुँदैछ । रथी हेमन्तराज कुँवर उमेर हदका कारण २०७६ वैशाख ११ गते अवकास हुन लागेका हुन् ।

 

अवकास हुनु १५ दिन अघि नै विदामा बस्नु पर्ने सैनिक नियम अनुसार, रथी कुँवर २०७५ चैतको अन्तिम साता (चैत २७ गते) विदा बस्ने छन् । रथी पद रिक्त भएपछि को तीन तारे जर्नेल बन्ला भन्ने चासो आर्मीभित्र ब्यक्त हुन थालेको छ । यस अघि चार महिनासम्म रथीको पदपूर्ति नहुँदा पाँच जना वरिष्ठ उपरथीहरु घर बस्न बाध्य पारिएका थिए ।

 

यो पटकको यस पटक पनि रथी रिक्त पद तत्काल पूर्ति हुने अवस्था रहेमा मात्र वरिष्ठ उपरथी गौरव टण्डुलले रथी बन्ने अवसर पाउने छन् । रथी पदको पदपूर्तिका लागि तत्काल फाइल नउठेमा उपरथी टण्डुल पनि घर जान बाध्य हुनेछन् । किन कि २०७६ वैशाख १९ गते उपरथीबाट अवकास हुने लाइनमा रहेका गौरब टण्डुलको बढुवा फाइल चैत महिनाभित्रै उठ्नु पर्ने छ र दावी विरोधको १५ दिने सार्वजनिक सूचना प्रकाशित हुनु पर्ने प्राब्धान नेपाली सेनामा रहेको छ । २०७६ वैशाख १९ गते अवकास भन्दा १५ दिन अघि नै सार्वजनिक सूचना प्रकाशित भएर २०७६ वैशाख पहिलो हप्ता अघि नै रक्षा मन्त्रालय हुँदै मन्त्रिपरिषदमा फाइल पुगेर रथीको बढुवा भइसक्नुपर्ने छ ।

 

बढुवाको यो लामो प्राब्धानले गर्दा उपरथी गौरव टण्डुलको बढुवा अवस्था क्षीण रहेको सेनाका रथी बृन्दहरु बताउछन् । गौरब टण्डुलको रथीमा बढुवा नभएपछि प्रतिस्पर्धामा वरिष्ठ उपरथीहरु दुई जना रहनेछन् । रथीको दवेदारमा वरिष्ठको आधारमा अप्रेशन विभागका प्रमुख प्रभुराम शर्मा र पूर्वी प्रितनाका प्रितानापति समीर शाही रहेका छन् ।

 

अब यी दुई उपरथी मध्ये कसको भाग्य चम्किने हो ? त्यसपछि उपरथी ईश्वर हमाल लाइनमा रहेका छन् । प्रधान सेनापति थापाको कृपा कसलाई हुन्छ रु त्यसमा भरपर्छ। यो पटकको नेपाली सेनाको रथीको पदपूर्ति पनि यसै भन्न सकिने अवस्था छैन । कुनै असामान्य परिस्थिति उत्पन्न नभएमा प्रधानसेनापति पूर्णचन्द्र थापापछि शर्मा र शाही र हमाल मध्ये एकले नेपाल आर्मीको कमाण्ड सम्हाल्ने छन् ।

 

उपरथी पद रिक्त भएपछि सो पदको दावेदारमा सहायक रथीहरु निरञ्जन श्रेष्ठ र अशोक सिग्देल रहेका छन् । उपरथीमा बढुवा हुनका लागि वरिष्ठ मध्येका नम्बर संजय सिंह भण्डारी यस अघि नै बढुवा सिफारिसमा नपरेपनि अझै पनि बढुवाका लागि प्रयत्न गरिरहेको स्रोत बताउछ । संजय सिंह भण्डारीलाई अनलाइन ब्याचलरको चार्ज लगाइएकाले उनको बढुवा सिफारिस यस अघि नभएको स्रोत बताउछ ।

साँघुबाट,