निर्वाचन आयोग प्रमुख बिहीन, अवकास पाउन लागेका सचिवहरुको दौडधुप तीव्र

काठमाडौं, चैत ११ । निर्वाचन आयोग आईतबारदेखि प्रमुख विहीन भएको छ । प्रमुख निर्वाचन आयुक्त डा। अयोधिप्रसाद यादवको ६ वर्षे पदावधि सकिएपछि आयोग प्रमुख बिहीन बनेको हो । उहा“संगै निर्वाचन आयुक्त इला शर्माले पनि अवकास पाउनु भएको छ । संविधान बमोजिम आयोगका पदाधिकारीको कार्यकाल ६ वर्ष रहने ब्यवस्था छ ।

 

आइतबार एक समारोहकाबीच प्रमुख निर्वाचन आयुक्त डा। यादव र आयुक्त शर्माको बिदाई गरिएको थियो । डा। यादव २०६३ सालमा निर्वाचन आयुक्तमा नियुक्त हुनुभएको थियो । त्यसैगरी उहां पुन २०६९ सालमा निर्वाचन आयुक्तको पदमा नियुक्त हुनुभएको थियो । २०७२ मंसिरमा उहा“लाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्ति गरिएको थियो ।आयोगको ६७ वर्षको इतिहासमा आयोगभित्रैबाट प्रमुख निर्वाचन आयुक्त हुने उहा तेस्रो व्यक्ति हुनुहुन्थ्यो ।

 

२०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचन र २०७० मा भएको संविधानसभा दोस्रो निर्वाचनमा निर्वाचन आयुक्तको रुपमा डा यादवले भूमिका निर्वाह गर्नुभएको थियो । प्रमुख निर्वाचन आयुुक्तको रुपमा उहा“ले पहिलो पटक भएकोे संघ, प्रदेश, स्थानीय तह, राष्ट्रियसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

 

मधेशवादी दलहरुले स्थानीय तहको निर्वाचनको बहिष्कार गरेको उद्घोषसहित आन्दोलन, पटक पटक स्थानीय तहको निर्वाचनको मिति सारिएको अवस्थामा निर्वाचन गराउनुलाई डा। यादवले निकै चुनौतीपूर्ण कार्यको रुपमा लिनुभएको छ । ‘इतिहासको महत्वपूर्ण कालखण्डमा निर्वाचन गराउने जिम्मेवारीलाई राम्ररी निर्वाह गर्न पाएकोमा सन्तुष्ट छु ’ डा यादवले भन्नुभयो । नेपाल समाचारपत्रबाट।