देशभरको मौसम तीन दिनसम्म बदली हुने

काठमाडौं, बैशाख ५ । पश्चिमी वायुको प्रभाव र बंगालको खाडीबाट उत्पन्न जलवाष्पका कारण तीन दिनसम्म देशभरको मौसम बदली हुने भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसमको पूर्वानुमान गर्दै देशभरको मौसममा बदली हुने जनाएको छ । महाशाखाका अनुसार ३ दिनसम्म देशको पुर्वी तथा मध्य स्थानहरुमा मेघ गर्जनसहित पानी पर्ने छ । असिना पानी, गड्डयाङ गुडुङसहित चट्याङको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हेर्नुहोस् तीन दिनको मौसमी विवरण

बिहिबार वैशाख ५ गते

दिउँसोः देशको पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रहनेछ भने अन्य भेगमा मौसम सामान्यत सफा रहनेछ । पश्चिमी पहाडी भेगका केही स्थानमा र मध्य र पूर्वी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ । पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भू–भागहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

 

रातिः देशको पहाडी भेगमा आंशिक बदली रहनेछ भने अन्य भेगमा सामान्यत सफा रहनेछ पहाडी भेगका एक वा दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ ।

शुक्रबार बैशाख ६ गते

दिउँसोः देशका पहाडी भु–भागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका भु-भागहरुमा आंशिक बदली रहनेछ। पहाडी भेगका थोरै स्थानहरुमा अपरान्हपछि वा साँझतिर मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

 

रातिः देशको पहाडी भेगमा आंशिक बदली र अन्य भु–भागमा सामान्यतया सफा रहनेछ। पहाडी भेगका एक वा दुई स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ ।

शनिबार बैशाख ७ गते

दिउँसोः देशका पहाडी भु–भागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका भु–भागहरुमा आंशिक बदली रहनेछ। पहाडी भेगका थोरै स्थानहरुमा अपरान्हपछि वा साँझतिर मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ ।

रातिः देशको पहाडी भेगमा आंशिक बदली र अन्य भु–भागमा सामान्यतया सफा रहनेछ। पहाडी भेगका एक वा दुई स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ।