माओवादी द्वन्द्वमा बेपत्ता भएका प्रताप १७ वर्षपछि घर पुगे

बझाङ, बैशाख १४ । द्वन्द्वकालमा बेपत्ता भएका रोल्पाका प्रतापसिंह घर्ती (काले) झण्डै १७ वर्षपछि घर फर्किएका छन् ।

चाररपाँच वर्षको उमेरमा घरबाट हराएका उनलाई त्यति बेलाको केही कुरा पनि राम्रोसँग याद छैन । मात्र यति थाहा छ माओवादीले उनकी दिदीसँगै उनलाई पनि आन्दोलनमा लगेका थिए ।

 

यो विसं २०६०र६१ कुरा हो । तत्कालीन नेकपा माओवादीले उनकी दिदी मनकुमारीसँगै उनलाई पनि आफ्नै फौजमा लगे । कति यातना दिए, कति गाली खानुप¥यो त्यो क्षण सम्झिदा पनि अहिले उनका आँखा रसाउछन् ।

 

सानो उमेरमै घरबाट टाढा गएपछि उनले घरको माया नै बिर्सिसकेका थिए । सानै उमेरमा क्रान्तिकारीको झण्डा ओढ्नुपर्दा उनले आमाबुबाको माया कस्तो हुन्छ पत्तै पाएनन् ।

 

तत्कालीन माओवादी र नेपाली सेनाबीच रोल्पाको लिबाङ्गमा भएको दोहोरो भिडन्तमा आफ्नी दिदी बेपत्ता भएपछि उनले दिदीको माया पनि गुमाए । त्यसपछि उनी एकदमै एक्लो भए, आफ्नो भन्ने कोही पनि रहेन ।

 

दिदीको उमेर १४÷१५ वर्षको हुँदा प्रतापसिंह घर्ती (काले)चाररपाँच वर्षका थिए । दिदी बेपत्ता भएपछि उनी एक्लै भए । सानो उमेर भएका कारण उनलाई माओवादीले आफूसँगै राखेनन् ।

 

तर आफ्नो घर जाने बाटो भने पत्ता लगाउन सकेनन् । उनले आफ्नो घरसम्म पुग्नका लागि धेरै प्रयास गरे पनि कहिल्यै घर पत्ता लागेन ।

 

‘धेरैसँग हार गुहारसमेत गरेको थिएँ तर कसैले पनि मलाई मेरो घर पु¥याइदिन चाहेन्न उल्टै आफूले पाल्ने र आफैसँग बस भनेर भन्थे’, उनले पुराना दिनहरु सम्झिँदै भने, ‘मैले सबै कुराको आशा मारे पनि घर जाने आशा भने कहिल्यै पनि मारेको थिइन’ एक दिन त घर पुगिहाल्छु नि भन्ने लाग्थ्यो ।

 

सडकमा जे पायो त्यही खाँदै पेट पाल्न थाले । बिस्तारै उनी ठूलो भए कसैले होटलमा भाँडा माझ्ने काम लगाइदिए । त्यो कुन ठाउँ थियो अहिले उनीलाई याद छैन ।

त्यसपछि बिस्तारै उनले मान्छे चिन्न थाले ।

 

उमेरसँगै ताकत बढ्यो अनि थाले मजदुरी गर्न बिस्तारै उनी बालापनबाट किशोरावस्थामा प्रवेश गरे । उनी कामको लागि जिल्ला जिल्लामा पुग्न थाले ।

 

कामकै सिलसिलामा बझाङको खप्तड छान्ना गाउँपालिकामा पुगेपछि उनको भेट गाउँपालिकाका अध्यक्ष वर्कबहादुर रोकायासँग भयो ।

 

कालेले आफ्नो जिल्ला, गाउँ सबै बिर्सिसकेका थिए । उनलाई आफ्नो घर नजिकैको चिउरी घाँट खोलाको याद थियो । खोजी गर्दै जाँदा रोल्पाको दुर्गम गाउँ मणि गाउँपालिका–१ एक जबाङ गाउँका भएको पत्ता लाग्यो ।

 

वर्षौसम्म घरबाट छोडिएका घर्ती आफ्नो घर जान पाउने भए । गाउँपालिकाका अध्यक्षसहितको टोलीले आज गाउँपालिकाकै खर्चबाट उनलाई उनको घरसम्म पु¥याइ दिए ।

 

गाउँपालिकाका अध्यक्षले जिल्ला प्रशासन कार्यालय बझाङलाई यसबारे जानकारी गराएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।

 

जिल्ला प्रशासन कार्यालय बझाङले रोल्पा जिल्ला प्रशासनलाई जानकारी गरायो । त्यसपछि त उनको घरसमेत पत्ता लाग्यो ।

 

सानैमा घरबाट बेपत्ता भएको छोरा जवान भएर घर फर्किएपछि उनको परिवारमा एकाएक खुशी छायो । उनका बुबा खलवीर घर्तीले त छोराको आश पनि मारिसकेका थिए ।

 

‘भिडन्तमा परेर छोराको मृत्यु भइसकेको होला भन्ने सोचेका थियौँ,’ उनले आँखा रसिलो पार्दै भने, ‘हामीले छोराको खोजी त धेरै गरेका थियौ ।’

 

प्रताप घर्तीलाई उनको घरसम्म पु¥याउन जानुभएका नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बझाङका सचिव शैलेन्द्र रोकायाले भने, ‘हामीले प्रताप घर्तीलाई उनकै घरसम्म पु¥यायौं ।’ घरमा पुग्दा छिमेकीहरु सबै जम्मा भए र निकै स्वागतसमेत गरे ।

 

प्रतापको घर अहिले पनि खरले नै छाएको छ । हामी जस्ता सर्वहाराका लागि लड्दै छु भनेर माओवादीले त्यत्रो आन्दोलन गरे । प्रतापका बुबाले टेलिफोनमा कुरा गर्दै दुखेसो पोपे । परिवर्तन त हुने खानेका लागि मात्रै रहेछ । हामी जस्ता दिनदुखीको अवस्थामा भने केही फरक भएको छैन ।

 

प्रतापकी दिदी मनकुमारी युद्धकालमा बेपत्ता भएकी भन्ने हल्ला थियो । तर उनका बुबा खलवीर घर्तीले मनकुमारी पनि अहिले जीवितै छिन् । उनी त्यति बेला भागेर भारतमा गएकी र उतै विवाह गरेको उनले बताए । रासस