खुल्ला मञ्चमा चलाइयो डोजर,ब्यापारीहरु भन्छन,हाम्रो रोजीरोटि खोसियो

  नरेन्द्र महतारा 
काठमाडाै,बैशाख १४।  काठमाडौको खुल्ला मञ्चमा रहेको जग्गामा अतिक्रमित गरि बनाइएका टहराहरु काठमाडौ महानगरपालिकाले डोजर लगाएर भत्काएको छ।यो बिषयमा सर्वत्र आलोचना भएपछी आज महानगरपालिकाले टहरा भत्काएको हो।

 

उक्त ठाउको लागी ठेक्काको जिम्मेवारी लिएका मनोज भेटवाल अहिले फरार रहेका छन।टहरा निर्माण गर्दा उनले आफुले महानगरबाटै अनुमती लिएको कुरा पनि ब्यापारीहरुसमक्ष गरेका थिए र उक्त जग्गा मापनका लागी महानगरबाट नै मान्छे आएर मापन गरेको कुरा ब्यापारीहरु बताउछन।

 

डोजरले टहरा भत्काइसकेपछी महानगरका उपमेयर उक्त ठाउ अवलोकन गर्न आएका थिए तर ब्यापारीहरुले उनलाइ चर्को बिरोध गर्दै चोर नेताहरुको काम छैन भन्दै लखेटेका थिए तर उक्त कार्यमा आफु जानकार नभएको उनले बताएकी छन।यता टहरा भत्काउदा ब्यापारिहरुले चर्को बिरोध गरेका छन।

 

उनिहरुलाइ पुर्व जानकारीबिना एक्कासि डोजर चलाइदिदा उनिहरुका कतिपय सामानहरु क्षती भएका छन।यसको क्षतिपूर्ति कसले दिने भन्ने कुरामा उनिहरु अन्योल अवस्थामा छन।यसरी गरिबले ऋण काडेर आफ्नो परिवार पाल्नकै लागी थापेको ब्यबसायमा सरकारले बिचार नपुर्याइदिदा आफ्नो रोजिरोटि नै खोसिएको उनिहरुको गुनासो छ।

 

 

यस कार्यमा ठेकेदारदेखी महानगरपालीका सम्मका सबै निकायको प्रत्यक्ष संलग्नता छ भन्ने ब्यापारीहरुले भनाइ छ।जसोतसो कोठा भाडामा लिएर भाडा तिर्नकै लागी जेनतेन गुजारा गरिरहेका उनिहरुको लागी अब सरकारले सोच्छ या सोच्दैन त्यो उसको कर्तव्य हो।यद्यपि उनिहरुको क्षती भएको सामानको क्षतिपूर्ति भने सरकारले दिनुपर्ने उनिहरुको माग छ।ठेक्काको जिम्मा लिएका ठेकेदारले उनिहरुसंग सबै पैसा लिइसकेका छन।