विमानमा फोन अफ नगरे के हुन्छ?यस्ताे छ थाहा पाउनुहोस् रोचक कुरा

विमानमा सवार गर्ने गर्नु भएको छ भने तपाइँलाई थाहा होला विमान चढेपछि तपाइँलाई फोन अफ गर्न लगाइन्छ । विमानमा फोन लगायतका उपकरण प्रयोग गर्न पाइँदैन जस्को बाहिरी नेटवर्क सँग सम्बन्ध छ ।

 

तर के विमानमा फोन अन भयो भने विमानमा अन्य विद्युतीय प्रणालीमा असर गर्छ रु होइन भने किन लगाइन्छ विमानमा रु

एक यात्रु अनुभव सुनाउँछन् (‘म एक पटक बेलायतको हिथ्रो विमानस्थलबाट विमानमा चढेको बेला फोन अफ गर्ने आग्रह गरियो तर मैले उनीहरुलाई झुक्क्यार खल्तीमा आइफोन राखें अफ नगरी ।

 

मैले गलत गरेको कुरा अहिले खोल्दैछु । मलाई मेरो काम सम्बन्धि महत्वपूर्व सन्देश हेरिरहनु पर्ने भएकाले मैले फोन अफ गरिन तर उनीहरुले चाल पाएनन् । अनि मलाई के थाहा थियो भने एक फोनले उडिरहेको विमानलाई दुर्घटना गराउने वा जमिनमा पछारिने अवस्थामा पुर्‍याउन सक्दैन ।’

 

हालै गरिएको एक सर्वेक्षणले हरेक १० मध्ये ४ अमेरिकी हवाइ यात्रुले विमान यात्राको समयमा फोन अफ गर्दैनन् भन्ने तथ्य बाहिर ल्याएको छ । संसारभरी नै ३००० मिटर अर्थात १० हजार फिट भन्दा मुनी उड्ने विमानमा मोबाइल वा अन्य नेटवर्कमा आधारित उपकरण बन्द गर्नै पर्छ । यो बाध्यकारी नियममा पर्छ । नियम अनुसार कुनै पनि यात्रुले फ्लाइट मोडमा समेत फोन राख्न पाउँदैन ।

 

फ्लाइट मोडमा समेत फोनले पनि विमानको अन्य प्रणालीमा असर गर्ने बताइन्छ । यद्यपी उचाइमा विमान उडिरहँदा ल्यापटप वा म्यूजिक प्लेयर भने प्रयोग गर्न पाइन्छ ।

 

हामीलाई अहिले सम्म भनिएको कुरा के हो भने मोबाइल वा अन्य उपकरणमा आउने सिग्नलले विमानको इलेक्ट्रोनिक प्रणालीमा असर गर्छ र विमान खतरामा पर्छ । खासमा यो सिद्धान्त इन्टरनेटसँग जोडिएका विभिन्न ग्याजेट्स वा मोबाइल नेटवर्क रेडियो तरंगको प्रयोग गर्छ र विमान पनि जमिनबाट सूचना प्राप्त गर्नका लागि सयौं यस्तै इलेक्ट्रोनिक प्रणालीमा आधारित हुन्छ जसलाई एभिएनिक्स भनिन्छ । यसले ककपिटमा भएका ब्यक्तिहरुबीच सञ्चारको काम गर्छ

सिग्नलमा अवरोध
यो कुरा केवल मोबाइल सँग मात्र जोडिएको विषय होइन । यसमा किन्डल्स, आइप्याड, ल्यापटप, हातले खेलिने भिडियो गेम लगायतका उपकरणले पनि रेडियो तरंग छोड्छन् । यस्ता उपकरणको फ्रिक्वेन्सी विमानको एभिएसनिक्समा प्रभाव पार्ने स्तरमा भयो भने यस्ले राडारसँगको सम्बन्ध र अन्य प्रणालीमा असर गर्ने बताइन्छ ।

 

अहिले सम्म कुनै पनि विमान विमानमा फोन चलाएको कारण वा अन्य उपकरण चलाएका कारण दुर्घटनामा परेको इतिहास छैन । तर यो पनि विमान दुर्घटनाका कारण मध्ये हुन सक्छ । अहिले सम्मको प्रविधीले विमानमा समस्या ल्याउन यस्ता उपकरणको कति भूमिका हुन्छ भन्ने पत्ता लगाउन पनि सक्दैन । यस्ता कहानी धेरै छन् जसले विमानमा उपकरणहरु चलाउँदा विमानमा असर पर्छ भन्ने पुष्टी गर्छ ।

 

सन् २०१३ मा प्रकाशित एक रिपोर्टका अनुसार अमेरिकी विमान सुरक्षा प्रणालीका अनुसार ५० यस्ता घटना भएका छन् जहाँ विमानभित्र यात्रुले उपकरण चलाएका कारण विमानको सूचना प्रणालीमा असर परेको थियो । अधिकाँश अवस्थामा विमानको कम्पासमा असर परेको थियो ।

 

सन् २००६ सम्मको रेकर्डमा १२५ यस्ता घटना भएका थिए जसमा उपकरणकै कारण विमानको सिग्नलमा समस्या भएको थियो । र ७७ घटना जोखिमपूर्ण नै थिए । त्यस्तै सन् २००३ र २००९ मा पनि यस्ता घटना सार्वजनिक भएका थिए । खासमा विमानको प्रणाली ट्रान्समिसनको एक प्रक्रियामा आधारित हुन्छ । जुन मोबाइल लगायतका उपकरणहरुको इलेक्ट्रोनिक नेटवर्क जस्तै हुन्छ ।

 

विमानमा प्रयोग भएको सुचना प्रणाली र यस्ता उपकरणको सूचना प्रणालीको सिग्नल एकै खालको हुने हुँदा यसले गर्ने असरबारे स्पष्ट डाटा निकाल्न समेत कठिन हुन्छ । त्यसै कारण नै विमानमा फोन अफ गर्न लगाइन्छ ।