आज शनिबार काहाँ हुदै छ भारी वार्षा मौसमविद्ले सबैलाइ सर्तक रहन आग्रह

काठमाडौ,असार २८।मौसम पूर्वानुमान महाशाखाले आज शनिबारको मौसम सम्बन्धी जानकारी सार्वजनिक गरेको छ । महाशाखाका अनुसारम आज शनिबार दिउँसो देशभर वर्षा जारी रहने सम्भावना छ।

 

देशको पूर्व र मध्य क्षेत्रका तराई र पहाडी भू–भागका केहि स्थानहरुमा र पश्चिमी भेगको तराई क्षेत्रका केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

 

पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक९दुई ठाउँहरुमा धेरै भारि वर्षा हुने सम्भावना छ।

 

यसैगरी शनिबार राती देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका पहाडी भेगका केहि स्थानहरुमा र पश्चिमी पहाडी भू–भागका एक९दुई स्थानमा भारि वर्षाको सम्भावना छ।

 

पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक÷दुई ठाउँहरुमा धेरै भारि वर्षा हुने सम्भावना छ। देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

मनसुन न्यून चापिय रेखा मध्य र पूर्वी नेपालको तराई भू–भागमा र पश्चिमी नेपालको पहाडी भूभाग नजिक अवस्थित छ ।

 

यसको साथै मध्य र पूर्वी नेपाल नजिक एउटा न्यून चापिय क्षेत्र समेत रहेको छ। यि प्रणालिहरूका कारण आगामी २ दिन सम्म मनसुन अति सक्रिय रहने महाशाखाले उल्लेख गरेको छ ।

 

हाल देशभर लगातारको मनसुनी वर्षा जारी रहेको छ। देशको खासगरि पूर्व र मध्य क्षेत्रमा केहि स्थानहरुमा र पश्चिमका एक९दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ।

 

महाशाखाका अनुसार पूर्व र मध्यका क्षेत्रका तराई र पहाडका एक÷दुई ठाउँहरुमा धेरै भारि वर्षा हुने सम्भावना छ।

 

यसको कारणले पूर्व र मध्य क्षेत्रका पहाडि भागमा पहिरो जान सक्ने र पूर्व र मध्य तराई क्षेत्रका नदिहरुमा जलको वहाव, स्तर वढन सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ।

 

साथै, देशभर बिशेषतः हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण अवरोध आउने सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ।