उच्चपदस्थको तलब १८ प्रतिशत वृद्धि

काठमाडौं,साउन १८।सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसदका दुवै सभाका सदस्यसम्मको तलबभत्ता १८ प्रतिशतले बढाएको छ।

 

अर्थ मन्त्रालयको प्रस्तावमा बिहीबार मन्त्रिपरिषदको बैठकले साउन १ देखि लागू हुने गरी विशिष्ट पदाधिकारीको तलब वृद्धि गरेको छ। सरकारले जेठ १५ मा ल्याएको बजेटमा राष्ट्रसेवक ९कर्मचारी०को तलब वृद्धि गरेको थियो।यो समाचार कान्तिपुर दैनिकमा छ ।